आधिकारिक उम्मेदवार जिताउन कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ?

आधिकारिक उम्मेदवार जिताउन कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ?


NC 2

आगामी ३१ गते हुने पहिलो चरणको निर्वाचनमा विजयी बन्न आफ्ना आधिकारिक उम्मेदवारहरुलाई सहजीकरणका लागि नेपाली कांग्रेसले पार्टीका केन्द्रिय नेताहरुलाई प्रतिनिधिका रुपमा जिल्ला जिल्ला खटाएको छ । केन्द्रीय निर्वाचन तथा परिचालन समितिका संयोजक वरिष्ठ नेता रामचन्त्र पौडेलको संयोजकत्वमा बसेको बैठकले निर्णय गरेअनुसार महेश आचार्य र लक्ष्मी परियारलाई काठमाडौं, फरमुल्लाह मंसुरलाई ललितपुर र आनन्द ढुंगानालाई भक्तपुर खटाइने भएको छ ।

यसैगरी अन्य जिल्लामा खटाइएका केन्द्रिय नेताहरुमा उमाकान्त चौधरी दोलखा, डा. नारायण खड्का रामेछाप, रामकृष्ण यादव सिन्धुली, बलबहादुर केसी काभ्रे, गुरुराज घिमिरे धादिङ, कल्याणकुमार गुरुङ चितवन, कृष्णप्रसाद सिटौला सिन्धुपाल्चोक, चित्रलेखा यादव नुवाकोट, रमेश रिजाल मकवानपुर, मानबहादुर विश्वकर्मा रसुवा, पुष्पा भुषाल गोरखा, भीष्मराज आङदम्वे लमजुङ, डा. मिनेन्द्र रिजाल तनहुँ, डा. शेखर कोइराला कास्की, डा. डिला संग्रौला स्याङ्जा, सरिता प्रसार्इं पर्वत, ज्ञानेन्द्रबहादुर कार्की वाग्लुङ, किरण यादव म्याग्दी, सुजाता परियार नवलपुर, दिलेन्द्रप्रसाद बडु सुर्खेत, विश्वप्रकाश शर्मा दैलेख, एनपी साउद जाजरकोट, अजयकुमार चौरासिया कालिकोट, बद्री पाण्डे मुगु, बीरबहादुर बलायर जुम्ला, महेन्द्र यादव डोल्पा, पार्वता डिसी चौधरी हुम्ला, चन्द्र भण्डारी रुकुम, किशोरसिंह राठौर सल्यान, सिता गुरुङ मनाङ र मीन विश्वकर्मा मुस्ताङ रहेका छन् ।