
जेठ ३१ का लागि तय गरिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन आगामी असार ९ गते सारिएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउनका लागि भन्दै मन्त्रिपरिषदको सोमबार साँझा बसेको बैठकले मिति सार्ने निर्णय लिएको हो । पहिलो चरणको निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरुको सहभागिता सुनिश्चित गर्न दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सारिए पनि असन्तुष्ट दलहरु निर्वाचनमा सरिक भइहाल्ने सुनिश्चितता भने अझै हुन सकेको छैन । आफ्ना मागमाथि सरकारले गम्भीरताका साथ विचार नगरेको र माग पूरा गर्ने मामलामा अत्यन्त कन्जुस्याइँ देखाइरहेको भन्दै राजपाका नेताहरुले असार ९ को निर्वाचन पनि वहिष्कार गर्ने चेतावनी दिएका छन् भने मधेसका विभिन्न स्थानमा पूर्वनिर्धारित कार्यक्रमअनुसार मधेसवादी दलका कार्यकर्ताहरुले लाठी जुलुस निकालेर चुनाव हुन नदिने नारा उरालेका छन् ।
प्रतिक्रिया