
संरक्षित वन्यजन्तुको कोटीमा पर्ने भालुको पित्तको खरिद बिक्री तथा ओसारपसार भइरहेको सूचनाका आधारमा अनुसन्धानमा सक्रियता देखाएको महानगरिय अपराध महाशाखा (टेकू)ले साइटिस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ विरुद्दको अपराधमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं कागेश्वरी मनोहरा नपा ७ काँडाघारीबाट सिन्धुली फिकल गाउँपालिका वडा नं। ६ बस्ने वर्ष २३ का खगेन्द्र राईलाई १२ ग्राम तौलको भालुको पित्तसहित पक्राउ गरेको हो । दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङगको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरि नियन्त्रण गर्न बनेको साइटिस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सुचीमा सुचिकृत भालुको पित्त थान १ सहित राई पक्राउ परेका हुन् । थप अनुसन्धान तथा कानुनी कारवाहीको उनलाई जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया