कांग्रेस सभापति देउवा नेपालको ४० औँ प्रधानमन्त्री निर्वाचित

कांग्रेस सभापति देउवा नेपालको ४० औँ प्रधानमन्त्री निर्वाचित


resize_image

नेपालको नयाँ प्रधानमन्त्रीमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । व्यवस्थापिका संसद्को मंगलबार बसेको दोस्रो बैठकमा भएको निर्वाचन प्रक्रियाबाट देउवा मुलुकको चालिसौँ प्रधानमन्त्री छानिएका हुन् । प्रधानमन्त्रीका लागि सिङ्गै सदनमा एक मात्र उम्मेदवारका रूपमा खडा भएका देउवालाई माओवादी केन्द्र, राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत विभिन्न साना दलसमेतबाट ३ सय ८८ मत हासिल भएको थियो भने विपक्षमा एक सय सत्तरी मत परेको थियो । ०५२ सालमा पहिलोपटक ४९ वर्षको उमेरमा प्रधानमन्त्री बनेका देउवा पछिल्लो पटक १२ वर्षअघि प्रधानमन्त्री ओहदाबाट बिदा भएका थिए ।