ईश्वर छन् भन्नु भ्रम (तर्क)-हेपेन राई

ईश्वर छन् भन्नु भ्रम (तर्क)-हेपेन राई


हामी चेतनशील प्राणी हौं । चेतना ज्ञान हो । ज्ञानकै माध्यमले हामी साँचो र झुटो थाहा पाउँछौं । सत्य थाहा पाउन प्रमाण हुनुपर्छ । प्रमाण भौतिक र आत्मिक हुन्छ । भौतिक तथ्य आफैले या कसैले तयार पारेको तथ्य आँखाले देखेर या कानले सुनेर या छालाले स्पर्श गरेर या जिब्रोले स्वाद थाहा पाएर या नाकले गन्ध सुँघेर विश्वास गर्न सकिन्छ । आत्मिक भने दया, माया, धोका, खुशी, डर आदि अनुभव गरेर थाहा पाउन सकिन्छ । हामीमा भएको यी ज्ञानकै कारणले हामी सभ्य र सामाजिक प्राणी भएका हौं । हामीमा भएको चेतनको विकासले नै हामी आजको एक्काइसौं शताब्दीको बैज्ञानिक युगमा आइपुगेको छौं । आजको बैज्ञानिक युगमा भए पनि यो सृष्टिको बारेमा, ईश्वरको बारेमा, धर्म र विज्ञानको आ आफ्नै तर्क र जिकिर छ । बिज्ञानले भौतिक तथ्यको आधारमा तर्क गर्छ भने धर्मले आत्मिक । यो धर्तीमा अहिलेसम्म विज्ञानले जति नै चमत्कार गरे पनि, मरेको मान्छेलार्इ बचाउन सकेको छैन भने धर्मले मान्ने ईश्वरको साक्षत दर्शन भएको छैन । यत्रो युग बित्यो, खै त ईश्वर भेटिएको ? कि सत्य नै ईश्वर हो, प्रकृति नै ईश्वर हो, ज्ञान नै ईश्वर हो, आत्म नै ईश्वर हो भनेर स्वीकार्नु पर्‍यो नि त ! हैन भने, ईश्वर नै छैन यो धर्तीमा, यो सृष्टि ईश्वरको होइन, यो त एउटा प्रकृया हो भनेर मान्नुपर्‍यो, विज्ञानसँग सहमत हुनपर्‍यो या अरु कुनै तर्कसँग । या त यो संसारमा ईश्वरको अस्तित्व छ भन्ने हो भने ईश्वर फटाहा छन्, अशान्ति चाहन्छन् भन्ने कुरा मान्नु पर्ने हुन्छ । यही विन्दुमा रहेर म आफ्नेा तर्कहरु पेश गर्न चाहन्छु ।

मलार्इ लाग्छ, यो संसारमा ईश्वर छैनन् तर कसैले छन् भनेर तर्क गर्छ भने ईश्वर फटाहा छन् । ईश्वरले अशान्ति चाहन्छन् भनेर मान्नुपर्छ । यसका लागि मसँग थुप्रै तथ्यहरु छन् तर्कहरुका । ल, मानौं, यो संसार ईश्वरले बनाए, बनाउनुभन्दा पहिला त यहाँ केही थिएन न नि त । सबै उनैले बनाए । जस्तो बनाउन मन लाग्यो त्यस्तै बनाए । सजीव प्राणी, बनस्पति, जीबजन्तु अनि निर्जीब बस्तु, पदार्थ, सृस्टिको सिस्टम, जीवनचक्र, प्राणीको आत्म, चेतना आदि सबै उनैले बनाएका हुन् । उनले नै सिर्जना गरेका ती नै बस्तु, प्राणीबाट अशान्तिको सिर्जना भएको देखिन्छ । कारण मन, तन अशान्त पार्ने ती पदार्थ, बस्तु जे जे छन् भौतिक र आत्मिक बस्तुहरु ती सबैका सृष्टि ईश्वर स्वयंले गरेका हुन् भने, हिंसा, अशान्ति आदि कुराहरु पनि ईश्वरले नै चाहेको प्रष्ट हुन्छ । यदि ईश्वरलार्इ शान्ति, अहिंसाको मात्र चाहना भएको थियो भने ती बस्तुहरु सिर्जना किन गर्नु पर्‍यो ? त्यस्ता हिंसा, अशान्ति सिर्जना गर्ने सृष्टि कर्ता फटाहा नभएर के सज्जन हुन् त ? यदि उनले नै यी सबै कुरा बनाएको भए त उनकै हातमा थियो नि त । के बनाउने, कस्तो बनाउने भनेर, त किन बनाउन चाहेनन् त ? उनी त ईश्वर हुन् नि, सृष्टिकर्ता हुन् नि । उनले जे चाह्‍यो त्यै र त्यस्तै बनाउन सक्थे नि । यो संसार बनाउँदा किन शान्ति मात्र हुने, सत्य मात्र टिक्ने, हिंसा गर्न मन नलाग्ने, अहिंसा र लोभ, पाप, छलकपटबिना नै यो संसार चल्न सक्ने सिष्टम बनाएनन् त ? यही प्रश्न छ मेरो, यही तर्क छ मेरो यो संसार सबै ईश्वरले बनाएका हुन् भन्नेहरुसँग, यदि ईश्वर सृष्टिकर्ता हुन् भने उनी फटाहा हुन्, उनी यो संसारमा शान्ति चाहदैनन् । हैन भने मान्नुस्, यो संसार ईश्वरले बनाएकै हैनन्, यो भ्रम मनबाट हटाउनुहोस् । त्यसो भए यत्रो हामीले गर्न नसक्ने, रोक्न नसक्ने, थाहा पाउन नसकेका रहस्यहरु के हुन् त ? कसरी चलिरहेछ त यो संसार ?

मैले ईश्वर छैनन्, या छन् भने फटाहा छन्, अशान्ति र हिंसा चाहन्छन् भनेर भनिसकेँ, तर्क दिइसकें । तपाईँसँग मेरो विचारभन्दा शक्तिशाली तर्क छ भने आउनुस्, म तयार छु तर्कसँग तर्क गर्न । ईश्वर छैनन् भन्ने कुरा बुझाउन या छन् भने यो नराम्रो काम गर्ने पनि उनै हुन् भन्ने कुरा बुझाउन म एउटा उदाहरण दिन चाहन्छु । तपाईँ कुनै काममा सफल हुनुभयो भने या कुनै एक्सिडेन्टमा बच्नुभयो ‘थ्याङस गड’ भनेर ईश्वरलार्इ अथवा भगवानलार्इ सम्झनुहुन्छ, तर तपाईँ कुनै काममा असफल हुनुभयो भने या कनै एक्सिडेन्टमा पर्नुभयो भने ईश्वरलार्इ दोष दिनुहुन्न, किन ? ल भन्नहोस्, किन ? तपाईँ सफल हुन या एक्सिडेन्टमा बच्नमा ईश्वरको हात हुन्छ या छ भने तपाईँ एक्सिडेन्टमा पर्नमा या असफल हुनमा चाहिँ कसको हात हुन्छ ? के यसमा चाहिँ ईश्वरको हात छैन त ? तपाईँ एक्सिडेन्टमा बच्ने र एक्सिडेन्टमा पर्ने या सफल हुने र असफल हुने बराबरी सम्भावना हुन्छ या यस दुबै कुरामा कसैको हात हुन्छ या कसैको हात हुँदैन अर्थात् मैले भन्न खोजेको कुराचाहिँ यदि तपाईँ सफल हुँदा या एक्सिडेन्टमा बच्दा ईश्वरलाई ‘थ्याङस्’ भन्नुहुन्छ भने तपाईँ एक्सिडेन्ट हुँदा र असफल हुँदा ईश्वरलाई किन दोष दिनुहुन्न या सराप्नुहुन्न ? ल भन्नुहोस्, के कारण छ तपाईँ असफल हुनमा र तपाईँ एक्सिडेन्टमा पर्नुमा ? त्यही कारण छ, फ्याक्टर छ, तपाईँ सफल हुनमा र एक्सिडेन्टमा बच्नमा पनि, सत्य कुरा त यो हो नि, हैन र ? म त त्यही संयोग देख्छु, सम्भावना देख्छु, कारण देख्छु अर्थात् ती दुबै प्रसँगमा, हैन भने किन ईश्वरलार्इ सम्झनु या किन ईश्वरलाई सराप्नु ? यही सत्यको खोजीमा तर्कहरुसँग तर्क गर्न जरुरी देख्छु म । हामी भ्रममा बाँच्नु हुँदैन । संसारमा भएका, रहेका भ्रम र सत्यको आधार पत्ता लाउन जरुरी छ, भौतिक, आत्मिक ज्ञान र रहस्यहरुलाई आधार मानेर । यति हुँदाहुँदै पनि हामी (धेरैले) जब अप्ठ्यारोमा पर्छौ । जब आपत आइपर्छ, हामी किन ईश्वर या कुनै ईश्वरको रुप (मानिएको) लाई सम्झन्छौं भन्दा हामीमा ज्ञानको कमी छ, हाम्रो दिमागमा नै जब हामी जन्मन्छौं, हुर्कन्छौं त्यतिबेला नै सेट भइसकेको हुन्छ । हाम्रो दिमागीय वातावरण अनि त्यसको प्रभाव जसले गर्दाखेरी अप्ठ्यारो पर्दा साह्रोगाह्रो पर्दा आत्तिने, डराउने, कसै न कसैलार्इ सम्झिने । त्यो त हामीले देखेर या भोगेर सिक्छौं नि । हाम्रो दिमागमा प्रभाव परेर बस्छ नि । कारण हामीले जति सिक्दै आएका, भोग्दै आएका भौतिक र आत्मिक संसार छ, त्यसको आधार त हामीभन्दा अघिका हाम्रै पिता पुर्खा हो नि त । उहाँहरुकै भौतिक र आत्मिक दर्शन, थेउरी, संस्कार आदिलाई आधार मानेर नै हामी अहिलेको युगको मानब भएका हौं । त्यहीदेखि नै यो भ्रमको सिर्जना भएको छ, अनि त्यही सिकिरहेका हुन्छौं । हामीले र त्यही पुनरावृति भइरहेको हुन्छ हामीमा जति पनि आत्मिक रहस्यहरु, तर यसको कारण त कि हामी कन्फिडेन्ट नहुनु हो नि । सत्यलार्इ आत्मसात गर्न हामी डराउनु हो नि । यही आत्मिक ज्ञानको कमीले धेरै भ्रममा अलमलिन मानव समाजलार्इ बाध्य पारेको देखिन्छ । यही भ्रमलार्इ चिर्न अर्थात् सत्य र सही तर्क जुन भौतिक र आमिक ज्ञान जो अहिलेसम्म हामी मानवले हासिल गरेका छों त्यसैलार्इ आधार बिन्दु मानेर तर्कहरु प्रस्तुत गर्न चाहन्छु ।

हामीमा कति धेरै भ्रम छ भन्ने कुराको उदाहरण दिन धेरै ठूलो र टाढा जान पर्दैन । तपाईँ अरुलाई छोडनुहोस्, मात्र आफै सोच्नुहोस् त सपना के हो ? अनुभव गर्नुहोस्, आफै प्रयोग गर्नुहोस् त ? सपना किन देखिन्छ ? कसरी देखिन्छ, यो जटिल कुरा भयो, त्यसमा पनि प्रवेश गरौंला तर पहिला सामान्य कुरा छ, त्यतातिर जाऊँ । तपाईँले कहिले राम्रो र कहिले नराम्रो सपना देख्नुहुन्छ, हो ? हो कि होइन, भन्नुहोस् त ? अनि तपाईँले जब नराम्रो सपना देख्नुहुन्छ, तपालाई पीर लाग्छ, सुर्ता लाग्छ, मनमा डर हुन्छ, ‘ला… अब के हुने हो’ भनेर । जे होस्, कस्तो कस्तो नराम्रो फिल हुन्छ अनि पीर लाग्छ नि । हो नि, हैन र ? ल, मान्नुहोस्, तपाईँ गाडी चलाउनुहुन्छ, हिजो राति सपनामा तपाईँको गाडी दुर्घटना भो, पल्टियो भिरमा अनि गाडी पल्टिँदै भिरबाट लड्‍दै-लड्‍दै खोलतिर झर्दै थियो, तपाईँ ब्युँझनु भयो अब भोलि गाडी चलाउनुभन्दा अघिदेखि नै तपाईँलाई डर लाग्छ लाग्छ, ‘ला… कतै एक्सिडेन्ट त हुने हैन, सपना पनि नराम्रो देखे’ भनेर । हो कि हैन ? किनकि तपाईँ आफै प्रष्ट हुनुहुन्न नि त । भौतिक र आत्मिक ज्ञानसँग तपाईँको ब्रेनमा अन्तरविरोधमै चलिरहेको छ नि त यसको कारण त । तर मानिलिऊँ तपाईँले हिजो राति राम्रो सपना देख्नुभो, ‘आहा !’ विपनामा तपाईँले जे चाहनुहुन्थ्यो त्यही तपाईँलाई सपनामा प्राप्त भो, आहा ! कति ठूलो मान्छे हुनुभयो रे, पैसा पनि कति धेरै, अनि तपाईँले मन परेको केटीले कति धेरै माया गरेको तपाईँलाई भने तपाईँलाई यस्तो लाग्छ, यस्तो सपना त सँधै देख्न पाउनु नि भनेर अनि ब्युझँदा पनि तपाईँलाई कस्तो रमाइलो भइरहेको हुन्छ । तपाईँको मन खुशी हुन्छ । तपाईँको मनमा डर लागेकै हुँदैन । हो कि हैन, भन्नुहोस् । अब यी राम्रो र नराम्रो सपनालाई आधार मान्नुको कारण के स्पष्ट पार्नलाई भने, ल मानौं यी माथि भनेका दुइटै सपना तपाईँले देख्नु भो अनि त्यस्तै लाग्यो तपाईँलाई, यहाँनेर के बुझ्न जरुरी छ भने सपना देखेको, तपाईँले हो पुगे दुइटै (राम्रो र नराम्रो) पुग्छ, नपुगे कुनै पुग्दैन । आत्मिक सत्य त यो हो नि । तपाईँले जे पनि सपना देख्न सक्नुहुन्छ, काल्पनिक, यथार्थवादी या जेसुकै देख्न सक्नुहुन्छ । यसमा चिन्ता लिनुपर्ने र खुशी हुनपर्ने कुनै कारण देख्दिन म । तर तपाईँ आत्मिक सत्यलार्इ स्वीकार्न नसक्नुले आत्मिक ज्ञानको कमीले गर्दा नराम्रो सपना देख्दा तपाईँको मन डराएको हो । वास्तवमा सत्य त यो हो नि त । अब त मेरो तर्कसँग सहमत हुनुभयो होला नि । ईश्वर छैनन् या यो ब्रमाण्डको क्रियसन, संचालन र नियन्त्रण कसै अज्ञात सर्वशक्तिमान ईश्वरले गरेका होइनन् है भनेर तर्क पेश गर्न खोज्दैछु म ।

अब भाग्यको कुरा गरौं । हाम्रो भाग्य, हाम्रो जीवन, मृत्यको फिक्स हुँदैन, यो कसैको हातमा हुँदैन । थाहा छ, यो प्रकृया हो, प्रकृतिको यो भौतिक सत्य हो । हामी भौतिक रुपमा सँधै बाँचिरहन सक्दैनौं । जिउने क्रममा हामी जतिबेला पनि उमेर पुगी, नपुगी पनि मर्न सक्छौं या कसैले चाहेर या नचाहेर पनि जतिबेला जे पनि हुन सक्छौं । हो, यो सब ईश्वरको चाहनामा हुने कुरा हैन, यो सामन्य कुरा हो । यो सब प्रकृयाको संयोगमा निर्भर भइरहेको देख्छु म त । एउटा उदाहरण दिऊँ -म यदि हाम्रो मृत्यु ईश्वरको हातमा, खटनमा हुने हो भने चीनमा माओले पचासलाख भन्दावेसी मान्छे मारे क्रान्ति गर्दाखेरी । के त्यत्रो मानिसको मृत्यु ईश्वरले माओ भन्ने मानिस जन्मिन्छ, चीनमा र क्रान्ति गर्छ अनि तिमीहरु मर्छौं भनेर ती मर्ने या मारिनेहरुका निधारमा पहिले नै लेखेका थिए त ? यहाँनेर त त्यत्रो मान्छेको मृत्यु त ईश्वरको हातमा नभइ माओको हातमा पो भएको देखिन्छ, हैन र ? अब चीनकै अर्को उदाहरण दिऊँ -चीनकै अधीनमा रहेको तिब्बतका अवतारी लामा दलाई लामाले भनेका थिए, मसँग आत्मिक या ईश्वरीय शक्ति छ, चिनिया कम्युनिष्ट सेनाले केही गर्न सक्दैन भनेर तर खै त भौतिक शक्तिको अगाडि उनको केही लागेन त ? उनलार्इ तिब्बतबाट लाजमर्दो पाराले खेदाएरै छाडे नत्र मार्थे पो त । अवतारी न सवातारी । अझै पनि दलाई लामालार्इ ईश्वरकै रुपमा मान्नेहरु तिब्बतमा धेरै छन् र नमान्ने पनि छन् यहाँनेर मैले दलाई लामालाई विवादमा तान्न खोजेको होइन तर मानवलाई नियन्त्रण र संचालन गर्न ईश्वरीय शक्तिमा हैन जनताको दिमागमा बैचारिक दर्शनले निर्धारण गर्दछ भन्न खोजेको हुँ ।

हाम्रो भाग्य, जन्म, मृत्यु कसरी ईश्वरको हातमा छ भनेर मान्ने त ? अब मैले कतिवटा बिहे गर्ने, कतिवटा बच्चा जन्माउने भन्ने कुरा त मेरो पारिवारिक अवस्था, चेतना, चाहाना, बाध्यता या बच्चा हुन नसक्नुमा त कुनै बैज्ञानिक कारण पो हुन सक्छ त या संयोगबस हुन नसक्ला विविध कारणले, हैन ? मान्छे कोही धनी परिवारमा जन्मिनु या गरिव परिवारमा जन्मिनु, सुख पाउनु या दुख पाउनु मानिसकै कारणले या ब्रमाण्डको सन्तुलन या प्रकृतिमा भर पर्न सक्ला । गरिवले बिहे गर्ला, धनीले विहे गर्ला, कोहीले धेरै गर्ला, कोहीले गर्दै नगर्ला । यसमा ईश्वरको के खटन ? के हात र भन्या’ ? नारी र पुरुषको उपयुक्त समयमा सबै मिल्न पर्ने वातवरणमा संभोग भएपछि बच्चा जन्मिनु स्वभाविक कुरा हो अनि धनी गरिव हुनु, सोझो या बाठो हुनु, सफल या असफल हुनुमा त उसको क्षमता अवसर प्रतिस्पर्धा, देशको अवस्था आदि कुरामा भर पर्ने हो । अनि कोही छिटो मर्नु, कोही ढिलो मर्नु प्रकृया नै हो । विभिन्न कारणले, खरावीले, वाधयताले, क्रान्तिले, चाहानले, संयोगले, प्राकृतिक विपतिले यी स्वाभाभिक प्रकृया हुन् । भ्रममा ईश्वरको नाम लिन बेकार छैन र ? की तर्कसँगत ढंगले लाउने भए राम्रो नराम्रो दुबै कामाको प्रकृया आदिको जिम्मा मैले माथि उल्लेख गरेअनुसार लाउनु पर्‍यो । हैन भने थाहा पाउन नसकिएका प्रमाणसँगत अनुत्तरित जीवन र जगतको कुराको जिम्मा भगवानको या ईश्वरको हातमा छ भन्नु भ्रम मात्र हो । हामीले थाहा पाउन नसक्नु हाम्रो ज्ञान र चेतना र टेक्नलोजीको विकासक्रम अअपूर्ण हुन सक्ला । अहँ, ईश्वरले यी सब गरे गर्छन्, ईश्वर सर्वशक्तिमान अदृस्य शक्ति हुन् भन्नु सत्यको खोजीबाट भाग्नु र सान्त्वनाको आशामा जीवन बिताउनबाहेक अरु हुन सक्दैन ।

अब ईश्वरकै रुप, दूत मानेर धर्मकै रुपमा या दर्शनकै रुपमा मानी आएका थुर्पै छन् । मानव सभ्यताको बिकाससँगै भौतिक र आत्मिक ज्ञानको ज्ञाताहरुले मानव समुदयालाई ती ज्ञान प्रचारप्रसार गराए र धेरैले फलेा गरे, ईश्वरै माने पनि तर पनि ज्ञानकै कमीले गर्दा अस्तित्वमा रहेका धर्म धर्मबीच सदभाव र सहिष्णुता, आदर सम्मानमा बेलाबेलामा समस्या आइपरेका छन् झगडाहरु भएका छन् । राम्रो कुराका फलो गर्नु राम्रो कुरा हो तर धेरै अनुत्तरित प्रश्नहरु चाहिँ उतर नै दिन नसकी गएको देखिन्छ । ईश्वरलाई त सबै थाहा हुन पर्‍यो नि । खाली राम्रो गर्नु भन्ने कुरा भनेर गएका छन् जुनसुकै धर्मका प्रतिपादकहरुले तर तार्किक ज्ञान दिएका छैनन् । त्यसैले तिनीहरु ईश्वर या ईश्वरका दूत या केही होइनन् । ती त आत्मिक ज्ञानी मात्रै हुन् । जसले ज्ञान दिए, विचार दिए, त्यतिमात्रै हो । त्यही राम्रो लाग्ने विचार मन पर्नेहरु त्यस धर्ममा लागे, धर्मलाई पछ्याए, ठाउँ, देश, भूगोलअनुसार त्यस्ता ज्ञानीहरुको ज्ञानको प्रचारप्रसार भएअनुसार नै त्यसको प्रभाव पनि मानव समुदयामा परेको देखिन्छ र फरकफरक धर्म भएको देखिन्छ । ती बिचारहरुप्रतिको बुझाइअनुसार संसारलाई हेर्ने दृष्टिकोण पनि फरक पर्ने हुन्छ । तर कुनै पनि धर्मको प्रतिपादकहरुले मैले उठाएका विषयमा मौन छन् । खाली राम्रो काम गर्नु र गरे पूण्य मिल्ने कुरा मात्र उल्लेख छ । साथै नराम्रो गर्दा फल नराम्रो फल मिल्ने, नर्कमा जाने कुरा मात्र उल्लेख छ । तर त्यसका कारक कारण सम्बन्धमा तात्विक तर्कसँगत उतर दिन सकेका छैनन् । दिएका छैनन यसबाट पनि प्रष्ट हुन्छ ईश्वरको अस्तित्व छैन ।

मैले भनिसकेँ कि ईश्वर या भगवान जे भनौ, यी काल्पनिक मात्र हुन् । अब धर्मको कुरा गरौं । धर्मले मानिसलार्इ अनुशासन र मर्यादामा बाध्‍ने काम गर्छ । अझ भनौ संस्कार र रितीरिवाज बचाउछ, अस्तित्व बचाउँछ । तर धर्मका प्रतिपादकहरु महान ब्यक्ति हुन सक्छन्, ईश्वरकै रुपमा मान्न सकिन्छ तर ईश्वरले पठाएका या ईश्वरका दूत आदि मान्न सकिदैन । यदि कसैले मान्छ भने त्यो मान्छे भ्रममा बाँचेको छ, यो कुरा बुझ्दा हुन्छ । तपार्इ ईश्वर या गडको जे परिभाषा दिनुहोस्, ईश्वरको रुपमा कुनै ब्यक्ति या चिज पदार्थलार्इ मान्नुहोस्, ढोग्नुहोस् या पुज्नुहोस्, त्यो मात्र धर्मको लागि अर्थात् आत्मिक शान्तिको लागि जसले मर्यादा, संस्कार र अनुशासित बनाउन या हुन सभ्य बन्न सहयोग गरिरहेको हुन्छ तर आत्मिक शान्ति मात्रै । सभ्यता र संस्कृति त धर्मले मात्रै अर्थात् ईश्वरको नाममार्फत मात्रै कायम हुन्छ भन्ने पनि त छैन नि । जुन राम्रो कुरा गर्दा तपार्इलार्इ शान्ति मिल्छ, त्यै गर्दा हुन्छ नि । ईश्वरको नाममा, अल्लाहाको नाममा, गडको नाममा पूजा गरेर, प्रार्थाना गरेर, बलि दिएर ईश्वर भेटिएलान् र ?

हैन, ल, अब हाम्रै नेपालको धर्महरुको कुरा गरौं न । ए बाबा ! हन लु भन्नुहोस् त कसरी शिवजी, भगवान हुन सक्छन् ? या भगवानको रुपमा कसरी र किन मान्ने त ? जसले भाङ खाए, भाङ त एडिकले पो खान्छ त ? के भाङ खाने मान्छे राम्रो मान्छे हो ? अनि नेपाली महिलाहरुले शिवजीको पूजा त ठीकै छ ल, शिव लिङ्गको पूजा गर्छन् । यसको अर्थ अर्थात् शिव र लिङ्गको अर्थ के हुन्छ ? नेपाली शब्दकोष पल्टाएर हेर्न आग्रह गर्छु नेपाली महिलाहरुलार्इ । केको पूजा किन गर्दै हुनुहुन्छ ? के शिवलिङ्गको पूजा गर्दैमा तपाईँको श्रीमानले अरु स्त्रीसँग यौनसम्पर्क नर्गलान् भन्ने छ ? यो पूजा गर्दैमा तपाईँलार्इ सुख मिल्छ ? अह मनको शान्ति मिल्ला । अरु केही देख्दिन म । त्यसैले पूजा गर्दा पनि बुझेर मात्र गर्दा राम्रो होला जस्तो लाग्छ । अब अर्को हिन्दू धर्ममा बलि दिने चलन छ । के सामान्य हिसावले हेर्दा पनि बलि दिनु राम्रो होला ? हैन भने किन दे’को त ? धर्म गरेको, कति राम्रो धर्म ! हैन, अरु मारेर आफूलार्इ राम्रो हुने के होला र हजुर ? धार्मिक दृष्टिकोण बाहिरबाट हेर्दा पनि कसरी तपाईँले अरु प्राणी मार्दा खुशी मिल्छ त हउ हजुर ? अझ धाम, मन्दिरतिर पनि तछाडमछाड ठेलाठेल । हैन अरुलार्इ थिचेर मिचेर हतारहतार गर्दै नाथे त्यो मन्दिर ढोग्दैमा, जल पिउँदैमा कसरी धर्म प्राप्त हुन्छ ? कसरी पाप पखालिन्छ ? कसरी मोक्ष मिल्छ ? अरु छोडौं न, आत्मिक शान्ति पनि यसो गरेर त नमिल्नुपर्ने त हउ । फेरि तपाईँहरु नै भन्ने -ईश्वरको दृष्टिमा सबै समान छन् । म त ईश्वरमा विश्वास नै गर्दिन । तपाईँहरुकै विश्वासबाट हेर्दा पनि कति अमिल्दो छ यहाँ कुराहरु है । कस्तो भ्रमपूर्ण जीवन ! अब अर्को कुरा, हाम्रो नेपालमा कृष्णलाई पनि भगवान मानिन्छ है । अब तपाईँ नै पढ्‍नुहुन्छ, दोहोरार्इ-दोहोराइकन, कृष्णका स्रोहसय गोपनी भनेर । तेत्रो स्रोहसय नारीलार्इ यौन शोषाण गर्ने मान्छे, स्त्रीलार्इ मनोरन्जनको रुपमा श्रीमती बनाएर खेलबाड गर्ने मान्छेले दुष्ट कंस मार्दैमा भगवान मान्न मिल्छ ? भगवानको त कुनै खोट हुनु भएन नि ! गल्ती गर्न भएन नि ! नत्र त हामी पनि भगवानकै रुप माने भइगो । किन खोज्नु भगवान ? हामीले पनि कति राम्रो काम गरेका छैनौं र ? नारीमाथि अन्याय गर्दै यौनमा रमाउने यौन पिपासु कृष्णलार्इ भगवान मान्ने हाम्रो नेपाली नारीहरुमा भ्रम छ कि छैन ? पाँच पाण्डवको श्रीमती बन्ने चाहना द्रौपदीलार्इ थियो होला त ? उनले त अर्जुनलाई मात्र श्रीमान मानेका थिईन् त । के पाँच जनाकै श्रीमती हुन पर्नुमा अन्याय भएको थिएन होला उनलार्इ ? अनि के पाँच पाण्डवको गुनगान गाउनु छ र यहाँ ?

यहाँनेर भ्रमै खोज्ने हो भने कति धेरै छ कति ! यसको अर्थ तपाईँहरुको विश्वास कम गर्न खोज्न होइन या कुनै धर्ममा आघात पार्न पनि होइन । म त खाली सत्यको खोजीमा तर्क गर्दैछु, भ्रम देखाउन या बुझाउन चाहन्छु । अब पक्कापक्की भन्ने नै हो भने कसरी विश्वास गर्ने कि सीता हलो जोत्दा जनकले भेटे ? हैन मान्छे हलो जोत्दा वाकसमा भेटिएला र ? अनि रामलार्इ पनि कसरी भगवान मान्ने हउ ? वाली र सुग्रिवको आन्तिरिक मामिलामा वालीलार्इ षडयन्त्र गरेर तीरले हानेर मार्ने सुग्रिवले सीता खोज्न सगायो भन्दैमा सत्यको पक्षमा नलाग्ने ? हैन कसरीचाहिँ सीता पनि रावणले हर्न सक्ने रे अनि हरेर लंका लान सक्ने रे अनि कसरी विश्वास गर्ने कि उसको सतित्व चाहिँ लुटेन भनेर ! त्यो पनि कंस जस्तो दुष्टले ? अब यस्तै भ्रम छ, जताततै अन्य धर्महरुमा पनि ।

अब क्रिश्चियन धर्मको कुरा गरौं । ल आफै भन्नुस्, कसैलार्इ कुनै कारणले जो कोही राम्रो या नराम्रो मान्छेलार्इ फासी दिनु या काँटी ठोकेर मार्नु या बाध्य पारेर मारिनु राम्रो हो त ? अवश्य यो कुरा राम्रो हुँदै होइन । भने त्यस्ता महान ब्यक्ति जो ईश्वर हुन् भनिन्छ, मानिन्छ जीसस क्राइस्टले स्वयंलार्इ काँटी ठोक्दा उनले शान्तिको लागि, सत्यको लागि, धर्मको लागि, किन उनीविरुद्धको अपमानित फासीलाई रोक्न सकेनन् त ? उनी स्स्वयं भगवान भएको भए राम्रो लागि जसरी पनि रोक्न सक्नु पर्थ्यो । फेरि तेत्रो मान्छेको अगाडि किला ठोक्‍दा केही गर्न नसक्नेले किन र कसरी भोलि चाहिँ बौरेर ब्युँझेर आए त ? मरेर ब्युँझन सक्नेले त्यो अपमानित किला ठोकाइलार्इ रोक्न सक्नु पर्ने होइन र ? खाली तर्कको लागि तर्क मात्रैबाहेक अरु भ्रम केही हुन सक्दैन । बरु भन्न सक्नुपर्छ म सामान्य मानव हुँ र राम्रो काम गर्न बाटो देखाउन चाहने ब्यक्ति हुँ, मलार्इ पछ्याऊ, म भगवानसगवान केही होइन, म सर्वशक्तिमान होइन भनेर । यहाँ पनि भ्रम छ ठूलो अनि तर्क गरिन्छ । किल ठोकेर मारिनुको अर्थ सारा पाप पखाल्न भनेर हैन ? जति नै पाप गरेर फेरि धर्ममा लाग्दा कसरी पहिला गरेको पाप पखालिन्छ ? यो पनि तर्क सँगत छैन । यहाँबाट हेर्दाखेरी क्रिश्चियन धर्मको फलोअरहरुमा पनि भ्रम स्पष्ट देख्न सकिन्छ ।

अब मुसलमानको कुरा गरौ । उनीहरुको त झन् धेरै भ्रम छ । हेर्नुहोस् त, नारीमाथिको अन्याय सहिनसक्नुको ! त्यस्तो पनि ईश्‍वरले भन्लान् त ? ईश्वरले त सबैलार्इ बराबर हेर्नु पर्ने होइन र आस्तिक धारबाट हेर्दा पनि धेरै के भनौ अरु ? धर्मलार्इ घृणा गरेर अपमान गरेर अरु विश्वास गर्नेलार्इ मारेर कहीं पूण्य, शान्ति, धर्म मिल्न सक्ला ? अर्थात् यो कुनै कोणबाट हेर्दा पनि राम्रो हुनै सक्दैन ।
म अर्को अध्यायमा धर्महरुका प्रतिपादकहरुको तर्कमाथि पनि तर्क पेश गर्न चाहन्छु ।
-बेलायत, (अप्जसे कान्छा)