विश्वेन्द्रले मनपरी गर्दा प्रचण्डको पार्टी लाभमा !

विश्वेन्द्रले मनपरी गर्दा प्रचण्डको पार्टी लाभमा !


Dinesh

बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानको मस्त व्यवहारका कारण उनको पार्टी तहसनहस हुने अवस्थामा पुगेको छ । व्यवस्थापिका संसद् सदस्य तथा केपी ओली प्रधानमन्त्रीत्व कालमा मन्त्रीसमेत रहिसकेका विश्वेन्द्र पासवान र बशपा पार्टीसम्बद्ध एक महिलाबीचको सम्बन्धका कारण पार्टीको नियमित क्रियाकलाप नै खल्बलिन पुगेपछि उक्त विषयलाई लिएर सो पार्टीका नेता–कार्यकर्ताहरू चिन्तित र असन्तुष्ट बन्न पुगेका बताइन्छ । केही महिना अघिसम्म गुपचुप सम्बन्धमा रहेपनि यतिबेला विश्वेन्द्रले ती महिलालाई ‘कान्छी जहान’कै व्यवहार गर्न थालेका छन् भने विश्वेन्द्रको मनमौजी स्वभावका कारण पार्टीमा आफ्नो भविष्य नदेखेका थुप्रै बशपा नेता–कार्यकर्ताले एकसाथ पार्टी परित्याग गरेका छन् । बशपा परित्याग गरेका करिव दुई दर्जन माथिल्ला तहका नेता–कार्यकर्ताहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिका लगाएर आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।

बसपा छोडेका एक कार्यकर्ताका अनुसार बारा, लिप्नी–६ सुकुम्बासी बस्तीनिवासी रमेश रामकी श्रीमती २६ वर्षीया ताराकुमारीलाई विश्वेन्द्रले आफ्नो वशमा पारेपछि पार्टी–बिग्रहको कथा सुरु भएको हो । प्रवेशिका परिक्षा पास गरेकी तारालाई विश्वेन्द्रले दोस्रो संविधानसभाको निर्वाचनताका पार्टीमा प्रवेश गराई केन्द्रीय सदस्य बनाउँदासम्म उक्त कदमलाई सकारात्मक रूपमै लिइएको थियो । तर, आफू सभासद भएपछि विश्वेन्द्रले तारालाई हरदम साथ राख्न खोज्ने, बाहिर घुम्न जाँदा पनि सँगै लैजाने गर्न थाले । यस कार्यले पार्टीको छविमा आँच पुग्न थालेको अनुभूति पार्टीका नेताहरूले गर्दै आएका थिए । त्यसमाथि विश्वेन्द्र मन्त्री भएपछि त तारालाई गर्भवतीसमेत बनाएको सुत्रको दाबी छ । गर्भवती भएपछि ताराले आफूलाई श्रीमती तुल्याएर घर भिœयाउनुपर्ने भन्दै पासवानको पिंगलास्थानस्थित घरमै आई दबाब दिन थालेपछि पासवानकी श्रीमती र छोराहरूले तारालाई घर छिर्न नदिएका र मन्त्री विश्वेन्द्रलाई समेत हातपात गरेका समाचार त्यसबेलै सार्वजनिक भएको थियो । आफ्नै जहान–परिवारबाट दुव्र्यवहार गरिँदा पेटको आन्द्रामा असर परेपछि विश्वेन्द्रले सरकारी खर्चमा दिल्लीको मेदान्त अस्पताल पुगी पेटको अपरेशन गराई फर्केका थिए ।

त्यतिबेला पासवानले परिवारजनकै सामु तारालाई ‘मेरो बेइज्जत नगर, तिमीलाई अन्तै व्यवस्था गरिदिन्छु’ भन्दै फकाई–फुलाई फर्काइदिएका थिए भने पछि बाराको जितपुरमा घडेरी, जग्गा, स्कुटी र बैंकमा ५ लाख राखिदिएर घटनालाई गोप्य राखी गर्भपतन गराइएको बशपा पार्टी कार्यकर्ताबीच चर्चा छ । सो घटनाबारे ताराका श्रीमान् रमेश रामले सुइँको पाएर ‘तेरै विश्वेन्द्रसँग जा, तँ यहाँ बस्न लायक छैनस्’ भनी तारालाई कुटपीट गरी घरबाट निकालिदिएका थिएका थिए, त्यसपछि तारा काठमाडौं आएकी थिइन् । अनि विश्वेन्द्रले ‘बाहरवाली’ बनाएर कुनै अज्ञात स्थानमा राखेको स्रोतको भनाई छ ।

यसै क्रममा गत माघको पहिलो साताको एक साँझपख विश्वेन्द्रले भारतीय नं. प्लेट भएको आफ्नो जिपमा फ्रन्ट सिटमा के.स. तारा रामलाई अनि पछाडिको सिटमा पार्टीका वरिष्ठ उपाध्यक्ष राधेश्याम पासवानलाई बस्न लगाई आफैले जिप चलाएर कतै जान लागिरहेका थिए । आफ्नो अपमान गरेको महसुस भएपछि राधेश्याम पासवानले विरोध जनाउँदै भने, ‘म वरिष्ठ उपाध्यक्ष पछाडि ! त्यो केन्द्रीय सदस्य अगाडि ? मेरो यस्तो अपमान ? म पछाडि बस्न सक्दिनँ, मलाई ह्युमिलेसन फिल हुन्छ ! त्यसलाई पछाडि राख्नुस्, म अगाडि बस्छु ।’ तब राधेश्यामको जिद्दी देखेर मुर्मुरिएका विश्वेन्द्रले हकार्दै भने, ‘तँलाई थाहै छ, ऊ (तारा) केन्द्रीय सदस्य मात्रै होइन, तेरी भाउजू पनि हो, उसलाई किन पछाडि राख्ने हँ ? तँलाई अपमान महसुस हुन्छ भने मेरो गाडिमा नचढ् ।’ ताराकै अगाडि यसरी विश्वेन्द्रले हकारेपछि राधेश्यामले पनि मुख छाडे, ‘ए त्यसो हो ! मर्दको छोरो होस् भने घरमै भिœयाएर देखा, तब भाउजू मान्छु । बाहिरै–बाहिर राख्छस्, अनि मैले कसरी भाउजू मान्ने ? त्यसपछि अघि राखे पनि राख, पछि राखे पनि राख् ।’ यसप्रकार निकैबेर भनाभनपछि विश्वेन्द्रले पनि राधेश्यामलाई आमाचकारी गालि गर्दै भने, ‘ए… तैँले मेरो मर्दाङ्गनी हेर्ने चाहेको ! ल हेर, म यसलाई अहिल्यै सिधै घर लगेर भिœयाउँछु । तँ दोगला ! अब मेरा अगाडि नपर्, तँसँग मेरो कुनै सम्बन्ध छैन’ भनी मुखमा थुकेर तँ–तँ र म–म गर्दै राधेश्यामलाई बीच बाटोमै छोडेर हिँडे । त्यसै दिनदेखि विश्वेन्द्रले तारा रामलाई पिंगलास्थानस्थित आफ्नै निवासमा लगेर राखेका थिए भने जेठी श्रीमती र छोराहरूलाई भैंसेपाटीतिर पन्छाएका थिए ।

सुत्रका अनुसार, उक्त घटनापछि विश्वेन्द्रले पार्टीलाई कब्जामा राखेको मात्र नभई, गर्न हुने–नहुने सबै काम गरेर पार्टीलाई बद्नाम गराएको, पार्टीको नाममा आउने सबै पैसा लुकाएर काठमाडौंमा महलहरू किनेको, अर्कैकी श्रीमती हड्पेको, स्त्रीलम्पट भएको ठहर गर्दै, विश्वेन्द्रका क्रियाकलापको पर्दाफास गर्ने सोच बनाएर बहुजन शक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष राधेश्याम पासवान, उपाध्यक्ष गोविन्द नेपाली, महासचिव मेख परियार, तथा के.स. दिनेश परियार, गणेश पासवान, दुर्गा पासवान लगायतका २२ जना केन्द्रीय नेताहरू यही जेठ २४ गते बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रम गत जेठ १५ गते गणतन्त्र दिवस पारेर गर्ने तय भएको भए पनि सरकार परिवर्तनको घटनाक्रमले बुधबार सम्पन्न भएको हो । त्यसैगरी जिल्ला र गाउँ तहका नेता र कार्यकर्ताहरूले पनि बहुजन शक्ति पार्टी छोडेर मूलवासी मुक्ति पार्टी तथा नेपाली जनता दलमा प्रवेश गर्ने लहर चलाएका छन् । यसरी पार्टी छोडेर एकसाथ थुप्रै नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरेपछि विश्वेन्द्रको पार्टी बशपा नवलपरासीका अध्यक्षले जिज्ञासा राख्दा विश्वेन्द्रले ‘ती साथीहरू पार्टी छोडेर गएका होइनन् बरु उनीहरूलाई माओवादीको जासुसी गर्न मैले नै खटाएको हो’ भन्ने जवाफ दिएको बुझिएको छ । माओवादी केन्द्रको जासुसी गर्नुपर्ने विश्वेन्द्रलाई त्यस्तो के आवश्यकता प¥यो र जासुसी गर्नै पठाए पनि दुई दर्जन व्यक्ति एकसाथ पठाउनुपर्ने कारण के परेछ– विश्वेन्द्रकै कार्यकर्ताहरू रनभुल्ल परेका छन् ।

स्मरण रहोस्, ड्राइभरको ठाउँमा जेठो छोरा, पीएको ठाउँमा कान्छो छोरा, अनि घरभाडाको ठाउँमा आफ्नै घरको नाउँमा सांसद सुविधाको भत्ता–रकम बुझ्न अप्ठेरो नमान्ने विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टीले स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा केही ठाउँका वडामा उम्मेदवार समेत उठाएको थियो, सबै उम्मेदवारको जमानत जफत भएको छ भने दोस्रो चरणको निर्वाचनमा विश्वेन्द्र उम्मेदवार खोज्दै सिरहा–सप्तरीतिर घर–घर हिँडेका बताइन्छ । उनका क्रियाकलाप थाहा पाउने सबैले उनलाई देखेपछि ढोका ढप्काउने गरेको सुत्रले बताएको छ ।