
अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्र संघअन्तर्गत ःइल्ग्क्ऋइ मिशन कङ्गोमा कार्यरत नेपाली सेनाको शम्शेरदल गण (शा.से २३ औं डफ्फा) को सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह माईमाईद्वारा आक्रमण भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार आफूमाथि भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाका दुई जवान घाइते भएका छन् भने विद्रोहीतर्फ नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागेर पाँच विद्रोहीको मृत्यु भएको छ । आइतबार दिउँसो भएको उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राईफल दुई र सोको एम्युनिशन ५० राउण्ड कंगोको राष्ट्रिय सेना ँब्च्म्ऋ लाई बुझाइएको छ । गण हे.क्वा. बेनीबाट करिब २२ कि.मी. टाढा कवास भन्ने स्थानमा भएको उक्त झडपमा घाइते भएका नेपाली शान्ति सैनिकहरूको कंगोको गोमास्थित युएनको लेवल ३ अस्पतालमा उपचार भइरहेका र उनीहरूको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया