सुनसरीमा कांग्रेस उम्मेद्वारलाई अग्रता

सुनसरीमा कांग्रेस उम्मेद्वारलाई अग्रता


सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । मतगणनाको पछिल्लो नजिताअनुसार नेकपा (एमाले)ले दोस्रो स्थान हासिल गरिरहेको छ । इटहरी उपमहानगरपालिकामा नेकाका प्रमुख पदका उम्मेदवार रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरेका छन् भने उपप्रमुख उम्मेदवार विमला ढकालले पनि ७८९ मत ल्याएकी छिन् । एमालेका नगर प्रमुख उम्मेदवार द्वारिकलाल चौधरीले ६३६ र उपप्रमुख लक्ष्मी गौतमले ५९८ मत हासिल गरेकी छिन् ।

यस्तै, धरान उपमहानगरपालिकामा पछिल्लो मतगणनाको नतिजाअनुसार नेकाका उम्मेदवार तिलक राईले ५०० र उपप्रमुखमा नेकाकै श्यामा रेग्मीले ४९५ मत प्राप्त गरेकी छिन् । निर्वाचन अधिकृत जयप्रसाद महतका अनुसार निकटतम प्रतिद्वन्द्वी एमालेका तारा सुब्बाले २७२ मत तथा उपप्रमुख मञ्जु भण्डारीले ३०३ मत प्राप्त गरेकी छिन् ।

यसैगरी, इनरुवा नगरपालिकामा नेकाका राजन मेहताले ७६८ र उपप्रमुखले ७१९ मत, निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुखले ४३२ र उपप्रमुखले ३९४ मत प्राप्त गरेका छन् भने बराह नगरपालिकामा नेकाका बाबुराम बिष्टले एक हजार ६८, उपप्रमुख पूजा धामीले एक हजार ७७ मत ल्याई अग्रता लिएका छन् । त्यहाँ एमालेका प्रमुखले ८८८ र उपप्रमुखले ८७३ मत प्राप्त गरी पच्छ्याई रहेका छन् ।

उता, भोक्राहा गाउँपालिकामा नेकपा (एमाले)का अध्यक्षले ५९८ र उपाध्यक्षले ५७८ मत ल्याई अग्रता कायम गरेका छन् । त्यहाँ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उम्मेदबारले ४७० र उपाध्यक्षले ३८८ मत प्राप्त गरेर दोस्रो स्थान बनाइरहेका छन् । त्यस्तै, देवानगन्ज गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षले ४१५, उपाध्यक्षले ४१९ तथा नेकाका अध्यक्षले ४०६ र उपाध्यक्षले ३३६ मत प्राप्त गरेका छन् भने एमाले तेस्रो स्थानमा रहेको छ ।

उता, झापामा नेकपा (एमाले) र नेकपा (माओेवादी केन्द्र)ले पनि विजयको खाता खोलेको छ । झापा बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेलाई विजय हासिल भएको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी भएका हुन् ।

बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद पौडेल ३०८ मत ल्याएर विजयी भएका छन् भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि नेकाले २४५, एमालेले २६८ र माओवादी केन्द्रले १८२ मत ल्याएका छन् ।