मतगणना विवादको सुनुवाइ फेरि सरेपछि…

मतगणना विवादको सुनुवाइ फेरि सरेपछि…


भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी २६ असारमा हुने भनिएको सुनुवाइ पुनः अर्को साताका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यस प्रकरणको सुनुवाइ पेसी तोकिएको थियो । तर, हेर्न नभ्याउने भन्दै साउन २ गते सोमबारका लागि सुनुवाई सारिएको हो । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ सरेको यो तेश्रो पटक हो । यसअघि यही असार २३ गते सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ शुरु भए पनि नभ्याएर २६ असारका लागि पेसी तोकिएको थियो । ज्ञातव्य छ, कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । भरतपुरको मतगणना विवादसम्बन्धी सुनुवाई यसरी पटक पटक सारिएको सन्दर्भलाई विश्लेषकहरुले राजनीतिक तहम आइपरेको अप्ठ्यारो सँग जोडेर हेरेका छन् ।