कमल थापामाथि पशुपति शमशेर पक्षको सात आरोप

कमल थापामाथि पशुपति शमशेर पक्षको सात आरोप


केही महिनाअघि मात्रै एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको अन्तिम चरणमा पुगेको छ । आगामी साउन ४ गते शुरु हुने पार्टी केन्द्रिय कार्य समितिको बैठकमा अध्यक्ष् कमल थापाको कार्य व्यवहारले पार्टी एकीकृत रहने या विभाजित हुने भन्ने कुराको टुंगो लाग्ने बुझिएको छ ।

अध्यक्ष थापाले विभिन्न ४२ व्यक्तिलाई केन्द्रिय कार्य समितिमा एकलौटी ढंगले मनोनयन गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । पशुपति शमशेर राणा पक्षले अध्यक्ष थापामाथि विभिन्न सात आरोप लगाएको छ । थापामाथि लागेका आरोप यस्ता छन् –

१. स्थानीय निर्वाचनको ठिक दुई दिनअघि राष्ट्रपति विद्या भण्डारीलाई भेटि उपप्रधानमन्त्री पदबाट राजीनामा दिएको र त्यसरी राजीनामा दिनुको रहश्य अहिलेसम्मि नखोलेको ।

२. पार्टीमा हिसाब किताव पारदर्शी ढंगले नराखेको, एकता महाधिवेशनमा भएको खर्चको अहिलेसम्म हिसाब नबुझएको, पार्टीलाई आर्थिक संकटमा पुर्याएको र स्थानीय निर्वाचनमा प्रतिजिल्ला जम्मा एक लाख रुपैयाँ मात्र उपलब्ध गराएको ।

३. पार्टीमा सामान्य छलफलसम्म नगरी स्थानीय तहको चुनावमा एमालेसँग चुनावी गठबन्धन गरेको ।

४. चुनावको समयमा पार्टीका नेता र कार्यकर्ताको टेलिफोन समेत नउठाएर छल्ने गरेको ।

५. सल्यान र मोरङ लगायतका जिल्ला पार्टी सभापतिसहित एमाले प्रवेश गरेको विषयमा के भएको भनी वरिष्ठ नेता पशुपति शमशेर राणाले फोन गर्दा कमल थापाले ‘यस्ता सानातिना कुरा म हेर्दिनँ’ भनी ठाडो जवाफ फर्काएको ।

६. पार्टीमा छलफल नै नगरी ४२ जनालाई मनोमानी किसिमबाट केन्द्रिय समितिमा मनोनित गरेको । यसरी मनोनित हुनेमा अधिकांश व्यक्तिहरु केन्द्रिय समितिमा पराजितहरु रहेका छन् ।

७. कुनै पनि विषयमा पार्टीमा छलफल नगरी एकलौटी ढंगले निर्णय लिने गरेको । पार्टीका नेता र कार्यकर्तासँग रुढ व्यवहार प्रदर्शन गर्ने गरेको ।