गोविन्द केसीद्वारा पुनः आमरण अनसनको घोषणा

गोविन्द केसीद्वारा पुनः आमरण अनसनको घोषणा


त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीले पुनः आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले सरकारलाई यही साउन ९ गतेदेखि आफू आमरण अनसन बस्न लागेको चेतावनी प्रेस विज्ञप्तिमार्फत दिएका छन् । आनसन केसीको नामले समेत पुकारिन थालेका डा. केसीले आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारवाही गर्न दिएको अल्टिमेटम सरकारले गुजारेको भन्दै अनसन बस्ने घोषणा गरेका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले साउन ९ गते अपराह्न ४ बजे अनसन सुरु गर्ने जानकारी दिएका छन् । यसपटक उनले ८ बुँदे माग अघिसारेका छन्, जसमा माथेमा आयोगको प्रतिवेदनअनुसार आफूहरुले दिएको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने पहिलो माग रहेको छ ।

यसैगरी, आईओएम डीनको सिफारिस अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नु पर्ने, विगतको सहमति अनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्वन्धी अपधकार त्रिवि कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गर्नुपर्ने र सरकारी निर्देशन तथा अदालतको ओदश अटेर गर्ने मेडिकल कलेजको सम्वन्धन खारेज गर्नु पर्ने डा. केसीको माग छ ।

चिकित्सा शिक्षा आयोग नबन्दासम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोबु पर्ने, एमडी, एमएस र एमडीएस तहको शुल्क यसै शैशिक्ष सत्रदेखि लागू हुने गरी काठमाडौं विश्व विद्यालयमा जस्तै सबै निजी कलेजमा २२ लाख कायम गर्नुपर्ने उनको अर्को माग छ । साथै आईओएममा पदाधिकारी नियुक्त नगरेको, अधिकार खोसेको तथा धेरै शुल्क लिएकामे भन्दै त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्न पनि उनले माग गरेका छन् ।