राजश्वको अनियमितता रोक्न आइपी क्यामेरा !

राजश्वको अनियमितता रोक्न आइपी क्यामेरा !


सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजश्व संकलन भएको दाबी गरेको छ । सामबार बसेको व्यवस्थापिका–संसद् अर्थसमितिको बैठकमा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३-७४ मा ६ खर्ब १२ अर्ब राजश्व संकलन भएको जानकारी दिए । । गत आर्थिक वर्षमा सरकारले पाँच खर्ब ६५ अर्ब राजश्व उठाउने लक्ष्य निर्धारण गरेको उनको भनाई थियो ।

राजश्व चुहावट र राजश्व संकलनमा नेपालमा निकै अनियमितता देख्दिै आएको विभिन्न सन्दर्भले पुष्टि गरेका छन् । यसको स्वीकारोक्ति गर्दै अर्थमन्त्री कार्कीले अनियमिता रोक्न सरकार अब व्यवहारमै खरो रुपमा उत्रने दृढता प्रकट गरे । “राजश्व चुहावट र अनियमितता उपर शून्य सहनशीलताको नीति लिइएको छ, यो केवल बुँदामा मात्र होइन, व्यवहारमै खरो रुपमा उत्रेर प्रमाणित गरिने छ । राजश्व प्रणालीमा र कर असुलीमा हुने अनियमितता नियन्त्रण गर्न प्रविधिमा आधारित स्वचालित माध्यमको प्रयोगमा भन्सार कर प्रणाली सञ्चालनमा जोड दिइएको छु, उनले भने ।

राजश्व प्रणालीमा देखिने अनियमितता र असहजता नियन्त्रणका लागि कारोबारको उद्गम विन्दू भन्सार वा उत्पादनस्थलदेखि नै त्यस्ता कारोबारलाई अनुगमन र कारोबारको विवरण विद्युतीय प्रणालीमा ल्याउने, कर र कानूनको सुक्ष्म निगरानी राख्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको सरकारी दाी छ । कर चुहावट नियन्त्रण गर्न कर प्रशासनमा काम गर्ने कर्मचारीको कार्यशैली र व्यवहारको अनुगमन हुने तथा भन्सार, राजश्व र कर प्रणालीमा काम गर्नेका लागि आचारसंहित निर्माण गरी लागू गर्ने तयारी भइरहेको अर्थमनत्री कार्कीको भनाई छ । राजश्व संकलनलाई प्रभावकारी तुल्याउन मुलुकका १३ स्थानमा आइपी क्यामेरा जडान गर्ने काम तीव्र रुपमा भइरहेको जानकारी सरकारले दिएको छ ।