विराटनगर कार्यपालिकामा कांग्रेसको बहुमत

विराटनगर कार्यपालिकामा कांग्रेसको बहुमत


विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि कांग्रेसलाई स्पष्ट बहुमत पुगेको हो ।

कार्यपालिकाको गठनसम्बन्धी व्यवस्थाअनुसार महानगरपालिकाको प्रत्येक वडाबाट निर्वाचित पाँचजना सदस्यमध्येबाट कार्यपालिकाको सदस्यका लागि निर्वाचन गर्नुपर्ने हुन्छ । सो नगरकार्यपालिकामा काँग्रेसबाट १८, सङ्घीय समाजवादी फोरमबाट छ, नेकपा ९एमाले०बाट तीन, नेकपा (माओवादी केन्द्र) बाट दुईजना रहनेछन् । पाँच महिला पदका लागि ११ जनाले प्रतिस्पर्धा गरेकामा काँग्रेसबाट सात र माओवादी केन्द्रबाट एकजना विजयी भएका हुन् ।

निर्वाचित महिला सदस्यहरुमा कांग्रेसबाट सुशीला पोखरेल ५३ मत, कमला सुब्बा ५३, बिनादेवी धानुक ५२, शीला श्रेष्ठ ५२ र माओवादी केन्द्रबाट चम्पा खत्रीले ५२ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी, दलित र अल्पसंख्यकको तर्फबाट काँग्रेसका अरुण खेतान ५४, गायत्री दास ५४ र राजेश भुजेल ५१ मत प्राप्त गरी विजयी भएका छन् । महानगरपालिकाको सदस्यका लागि काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । रासस