चकलेटप्रेमी महिलालाई खुसीको खबर

चकलेटप्रेमी महिलालाई खुसीको खबर


ज्यादा क्यालोरीयुक्त खाद्यपदार्थ भएकोले स्वास्थ्यप्रति सचेत मानिस हिजोआज चकलेट सेवनबाट सकभर पन्छिन खोज्छन् । यसले शरीरको तौल वृद्धि गराउनुका साथै हृदयरोगलगायतका सम्भावनाहरू बढाउँछ भन्ने आमबुझाइ रहेको छ । आफ्नो वजनको मामलामा सचेत वा र्सतर्क महिला त चाहेर पनि चकलेट खानबाट आफूलाई रोकिरहेका हुन्छन् । तर, नौ वर्षलगाएर ३१ हजार आठ सय २३ स्विडिस महिलामाथि गरिएको एक शोधले महिलाका लागि खुसीको खबर प्रदान गरेको छ ।
नयाँ शोध-प्रतिवेदनमा यो दाबी गरिएको छ कि थोरै मात्रामा लगातार चकलेट सेवन महिलाका लागिर् इश्वरीय बरदानसरह हुन्छ । एकैचोटि धेरै चकलेट खाने लोभलाई नियन्त्रण गर्न सक्ने हो र नियमित तवरमा निश्चित तथा थोरै मात्रामा उपयोग गर्ने हो भने यसले हृदयघातको सम्भावना निकै कम गर्ने हार्वर्ड मेडिकल स्कुलका प्रमुख निर्देशक डा. मुरे मिट्लम्यानले जानकारी गराएका छन् ।

थोरै पिऊ धेरै जिऊ !
तपाईं कुन तहको ड्रङ्कर हुनुहुन्छ – सधैं पिउनुहुन्छ र रक्सी छोड्नै नसकेर दिक्क हुनुहुन्छ भने पनि चिन्ता नगर्नुस्, रक्सी पिउँदैमा आयु छोटिन्छ भन्ने मान्यतालाई हालैको एक अनुसन्धानमार्फत वैज्ञानिकहरूले झुटो सावित गरिदिएका छन् । २० वर्ष लगाएर गरिएको उक्त अनुसन्धानले नियमित मदिरा सेवन गरेर पनि दर्ीघायु प्राप्त गर्न सकिने दर्शाएको छ । तर, पियक्कडहरू धेरै उत्साहित नहुनुहोस्, किनकि तपाईंले मदिराको मात्रामा चाहिँ कडाइका साथ नियन्त्रण गर्नुपर्ने हुन्छ ।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार दिनहुँ एकदेखि तीन पेगसम्म मात्र मदिरा सेवन गर्ने व्यक्तिको आयु लामो रहन्छ । नियन्त्रणरहित र जथाभावी रक्सी सेवनले मात्रै मानव स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । ‘कम रक्सी पिउनु या पिउँदै नपिउनु स्वास्थ्यका लागि उत्तम’ भन्ने कुरा यसअघि अनावश्यक तवरमा बढाइचढाइ प्रचार गरिएको मात्र हो भन्ने भनाइ पनि अन्वेषक वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ।

सास पनि बिक्यो जोलीको
हलिवुडकी सुपरस्टार मर्लिन मुनरोको छातीको एउटा एक्सरे यति प्रसिद्ध थियो कि त्यो एक्सरे कुनै बेला ४५ हजार डलरमा लिलाम भएको थियो । यसैगरी विश्वप्रसिद्ध अमेरिकी गायक एल्विस प्रिस्लेको कपाल उनका हजामले सन् २००२ मा एक लाख १५ हजार डलरमा बेचेका थिए । मुनरो र प्रिस्ले बितेको धेरै वर्ष भइसक्यो र पनि उनीहरूको लोकप्रियता नघटेको कुराको प्रमाण हो यो । कपाल र एक्सरेजस्ता साधारण वस्तु त्यतिका रकममा लिलाम भएको इतिहास सम्झँदै हालै हलिउडकै एक जोडी ब्राड पिट र एन्जेलिना जोलीको सास भरिएको एउटा जार हालै पाँच सय २३ डलरमा लिलाम भएको छ । लिलामीको सूचना जारी गर्ने कम्पनी इबेले जारी गरेको ‘हलिवुड सुपरस्टारहरूको सासले भरिएको एउटा जार खरिद गर्ने पहिलो व्यक्ति बन्नुहोस्’ भन्ने सन्देश पछ्याउँदै उक्त जार किन्ने व्यक्तिको नामचाहिँ सार्वजनिक गरिएको छैन ।

पत्नीप्रति निर्भर पुरुष नै धोकेबाज
एटलान्टास्थित अमेरिकन सोसियोलोजिकल एसोसिएसनको हालै सम्पन्न दसौं वारि्षक सभामा एउटा अनुसन्धानको अनौठो प्रतिवेदन पेस गरियो । उक्त प्रतिवेदनको निचोड थियो- पत्नीको कमाइमा आर्थिक निर्भरता अपनाउने पुरुषले उनै श्रीमतीप्रति धोका दिइरहेको हुन्छ । जब कि पुरुषको कमाइमा निर्भर रहने महिला उक्त पुरुष या लोग्नेप्रति वफादार रहन्छिन् । आर्थिक आम्दानीमा असमानता र सम्बन्धमा धोकाबीच के सम्बन्ध छ भन्ने विषयमा गरिएको अनुसन्धानबाट प्राप्त परिणामअनुसार पति जब वित्तीय मद्दतका लागि आफ्नी पत्नीमाथि भर पर्नुपर्ने अवस्था आउँछ तब ऊ आफ्नो लैङ्गिक पहिचान स्थापना गर्ने अवसरको खोजीमा रहन्छ, जसको परिणाम ऊ एक धोकेबाज पुरुषका रूपमा देखापर्छ । अनुसन्धानकर्ता क्रिस्टिन मन्सको कथन अनुसार महिलामा चाहिँ आर्थिक निर्भरताको यही पाटो ठीक विपरीत परिणाम दिने प्रकारको हुन्छ अर्थात् आफू निर्भर रहेको पुरुषप्रति उनी सामान्यभन्दा बढ्ता नै मायालु बन्छिन् । – नविन उप्रेती