राणाद्वारा कार्यसम्पादन बैठक वहिष्कार

राणाद्वारा कार्यसम्पादन बैठक वहिष्कार


राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ नेता राणालाई फकाउन अध्यक्ष कमल थापाले गृहकार्य सुरु गरेका छन् । पार्टी भित्र सरकारको सहभागिता जनाउने वा नजनाउने भन्नेमा देखिएको विवाद मिलाउन पनि काठमाडौंको धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । सोही बैठकमा भोलि बुधबारदेखि सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकको तयारीका विषयमा छलफल हुने भएको छ ।

बैठकमा केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल हुनेछ । अध्यक्ष थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राप्रपामा विवाद देखिएको छ । वरिष्ठ नेता राणाले आजको बैठकमा पनि नजाने बताएका छन् । राप्रपाले एकता महाधिवेशन सम्पन्न भएको चार महिनापछि निर्देशक समिति भने गठन गर्ने भएको छ ।

पार्टीभित्र केन्द्रीय नेतृत्वलाई नियमन तथा सुझाव दिने उद्देश्यले तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरणका समयमा सो समिति गठन गर्नका लागि विधानमा व्यवस्था गरिएको थियो । एकतर्फी रूपमा भएको मनोनयनलाई षड्यन्त्रको संज्ञा दिएका छन् । भने उनकैै नेतृत्वमा अन्य प्रभावशाली नेताहरू थापाको प्रतिकारमा जुटेका छन् । थापाको हैकमवादी नीतिको विरोध गर्दै डा। प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनलगत्तै पार्टी परित्याग गरेका थिए । राप्रपामा देखिएको विवाद शृंखलाको प्रमुख कारण भने संविधान संशोधन नै हो । अध्यक्ष थापाले केन्द्रीय कार्यसमितिमा गरेको ४२ जनाको मनोनयनमा उत्पन्न विवाद एवं शीर्ष नेताहरूमा परेको भ्रम निवारण गर्न दीपक बोहरा र विक्रम पाण्डेलाई खटाएका छन् । राणानिवास महाराजगन्जमा दीपक बोहरा, विक्रम पाण्डे र सुनीलबहादुर थापाको गोप्य बैठक भएको स्रोतको दाबी रहेको छ ।

राप्रपाका नेता दिलानाथ गिरीले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी भित्र देखिएको केही समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताएका छन् ।  बुधबारदेखि केन्द्रीय कार्यसमितिको बैठक सुरु हुने र ‘केन्द्रीय समितिको बैठकको तयारी र पार्टीभित्र देखिएको असन्तुष्टिलाई कसरी समाधान गर्ने भन्नेबारेमा छलफल हुने भन्ने बारे बैंठक केन्द्रीत रहने गिरीले बताए ।

राप्रपामा वरिष्ठ नेता पशुपति शम्शेर राणा समूहले अध्यक्ष कमल थापाले पार्टीलाई भताभुङ्ग बनाएको भनेर असन्तुष्टि जनाउँदै आएको छ । स्रोतका अनुसार राणा समूहले आजको कार्यसम्पादन समितिको बैठक बहिष्कार सम्मको चेतावनी दिएको छ । राणा समूह अध्यक्ष थापालाई असहयोग गर्ने रणनीतिमा पुगेको स्रोतको भनाइ छ । राणाले तयार पारेको नयाँ रणनीति भने गोप्य राखिएको छ ।