दबाबपछि झुक्यो निर्वाचन आयोग

दबाबपछि झुक्यो निर्वाचन आयोग


चौतर्फी दबाबपछि निर्वाचन आयोगले ७ सय ४४ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि प्रतिनिधिसभा र प्रदेशको निर्वाचनका लागि छुटेका र नयाँ मतदाताको नामावली संकलन सुरु गरिसकेको छ ।

आयोगले यसअघि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन गरिरहेको थियो । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले निर्णय परिवर्तन गरी समय थप गरेको गरेको हो ।

राजनीतिक दल एवम् आमजनताको चाहनाअनुसार निर्णयमा संशोधन गरिएको आयोगले जनाएको छ । मतदाता नामावली संकलनका लागि यसअघि साउन १५ गतेसम्मको म्याद दिइएकोमा थपेर ३० गतेसम्म पु¥याइएको छ भने आवश्यक परे अझै थप गर्न सकिने आयोगले जनाएको छ ।