प्रमुख स्वकीय सचिवमा भानुको नियुक्ति

प्रमुख स्वकीय सचिवमा भानुको नियुक्ति


प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । भानु यसअघि पनि देउवाको निजी सचिवका रुपमा काम गर्दै आएका आएका व्यक्ति हुन् ।

मंगलबार प्रधानमन्त्री देउवाले भानु देउवालाई प्रमुख स्वकीय सचिव र वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

सचिवालयको विस्तार नगरेका कारण प्रधानमन्त्री देउवाको सर्वत्र आलोचना हुँदै आएको थियो । देउवा र थापाको नियुक्तिसँगै प्रधानमन्त्री देउवाको सचिवालय पाँच सदस्यीय बन्न पुगेको छ ।

सानो सचिवालय बनाएर काम गर्दै आएका देउवाले प्रधानमन्त्री भएको डेढ महिनापछि मात्र प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन् ।