माओवादी केन्द्रका नेता एवम् काठमाडौं महानगरको निर्वाचनमा प्रमुख पदका उम्मेदवार रहेका सर्वोत्तम डङ्गोलले क्रान्तिकारी गफ धेरै गरियो भन्दै कार्यक्षेत्रमा उत्रन नेताहरूलाई चुनौती दिएका छन् । माओवादी केन्द्रको चालु सचिवालयको विस्तारित बैठकलाई सुझाव दिँदै डङ्गोलले सामाजिक सञ्जालमार्फत् भनेका छन्– ‘सबै सचिवालय सदस्यहरू पदेन केन्द्रिय सदस्यमा, सबै पोलिटब्यरो सदस्यहरू प्रदेश कमिटीमा र सबै केन्द्रिय सदस्यहरू पदेन नगरपालिका र गाउँपालिकामा रहने गरी प्रस्ताव पारित गरेर राष्ट्रिय सम्मेलनद्वारा अनुमोदन तथा कार्यान्वयन गर्नु उचित हुनेछ ।
नेता डङ्गोलले नेताहरूलाई सचेत गराउँदै अगाडि भनेका छन्– ‘यसमा कसैको छोराछोरी, नातागोता या गुटका कारण मोलाहिजा नगरी सबैको कार्यक्षेत्र मतदाता नामावली रहेको ठाउँमा नै निर्धारण गर्नु उपयुक्त हुनेछ ।’
अन्त्यमा नेर्तत्वलाई चेतावनी दिँदै उनले ‘यति पनि नगर्ने हो र परिवार, नातागोता वा गुटको कारण विशेष निर्णयमा पार्ने हो भने सङ्गठन निर्माण र विकासको आशा नगरे हुन्छ, क्रान्तिकारी गफ धेरै गरियो, अब कार्यक्षेत्रमा देखिने पालो आयो’ भनेका छन् ।

प्रतिक्रिया