राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुुरले यथास्थितिमा चुनावमा जाने अवस्था नरहेको स्पष्ट पारेका छन् । बुधबार बालुवाटारमा सत्ताधारी गठबन्धनसँगको बैठकपछि नेता ठाकुरले यथास्थितिमा चुनावमा जानु भनेको आत्महत्या गर्नुुसरह भएको भन्दै उनले उपस्थित सञ्चारकर्मीहरूसँग नै ‘यथास्थितिमा कसरी चुनावमा जाने ?’ भनी प्रतिप्रश्न गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ काङ्ग्रेस र माओवादी केन्द्रका शीर्ष नेतृत्वसँग भएको छलफलपछि बाहिरिने क्रममा उनले यथास्थितिमा चुनावमा जाने कि नजाने भन्ने प्रश्न नै बेतुकको भएको प्रतिक्रिया दिएका थिए ।
नेता ठाकुरले आन्दोलन गर्दा पक्राउ परेका आफ्ना कार्यकर्ता जेलमै रहेको यस तनावपूर्ण अवस्थामा कुनै पनि हालतमा चुनावमा जान नसकिने प्रतिक्रिया दिएका थिए । सञ्चारकर्मीहरूले ‘अब के गर्ने त ?’ भन्ने प्रश्न गरेपछि नेता ठाकुर आक्रोशित बनेका थिए । राजपाले संविधान संशोधन नभई निर्वाचन जान नसकिने अडान राख्दै आएको छ ।
प्रतिक्रिया