नेका कार्यसमिति बैठकको मिति परिवर्तन

नेका कार्यसमिति बैठकको मिति परिवर्तन


साउन ९ गते बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति हेरफेर भएको छ । प्राविधिक कारणवश मिति हेरफेर गर्नुपरेको जानकारीसहित कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आगामी ७ गते शनिबारको लागि बैठकको नयाँ तिथि तय गरिएको बताएका छन् । कांग्रेसद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठक यही साउन ७ गते बिहान ८ बजे पार्टी कार्यालय, सानेपा, ललितपुरमा बस्ने जनाइएको छ । उक्त बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन गरिएको मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राप्रपा बैठक विहिबार पुनः शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठक विहिबार पुनः शुरु भएको छ । नयाँ बानेश्वरमा बुधबार शुरु भएको सो बैठक स्थान परिवर्तन गरी आज टङ्गालमा बसेको नेता राजाराम श्रेष्ठले जानकारी दिएका छन् । बिहान ८ बजे शुरु गरिएको सो बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणा आज पनि अनुपस्थित रहेका बताइएको छ ।

परिमार्जित संविधान संशोधनको पक्षमा नेताले सुझाव दिनुभएको उक्त बैठकमा पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा पनि टुङ्गो लगाइने सम्भावना छ । बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महामन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेका स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले प्रस्तुत गरेका सांगठनिक अवस्था र भावी रणनीतिसम्बन्धी प्रतिवेदनका बारेमा छmलफल शुरु भएको बताइएको छ । बैठक शुक्रबारसम्म जारी चल्ने जानकारी दिइएको छ ।