भदौ २१ गते प्रदेश नम्बर २ मा मनोनयन दर्ता

भदौ २१ गते प्रदेश नम्बर २ मा मनोनयन दर्ता


काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचन सञ्चालनका लागि तेस्रो चरणको निर्वाचन कार्यक्रम तय गरेको छ । आयोगको बुधबार बसेको बैठकले कार्यतालिकासहितको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

प्रदेश नं. २ का ८ जिल्लाका १२७ स्थानीय तह (गाउँपालिका/नगरपालिका) को निर्वाचन सम्पन्न गर्नको लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तय गरेको हो ।

यस्तै असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको पनि प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।