प्रदेश र प्रतिनिधिसभाको चुनावको मिति छिट्टै : देउवा

प्रदेश र प्रतिनिधिसभाको चुनावको मिति छिट्टै : देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

देउवाले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने दाबी गर्दै पहिलो र दोस्रो चरणमा बेहोरेको हारलाई पूर्ति गर्ने दाबी गरे । समयमै चुनाव गर्नका लागि सरकारकारले क्षेत्र निर्धारण आयोग गणन गरेको बताए ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइलाराको ३५ औं स्मृति दिवसमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन भएसँगै मुलुक स्थायी रुपमा लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्ने बताए ।