प्रहरी बढुवामा संविधानको प्रतिविम्वित भएन

प्रहरी बढुवामा संविधानको प्रतिविम्वित भएन


नेपालको संविधानले सरकारी सेवालाई समावेशी बनाउन निदृष्ट गरे पनि नेपाल प्रहरीभित्र भएको बढुवामा भने उक्त कुरा प्रतिविम्वित हुन सकेन । हालै नेपाल प्रहरीमा ठुलो संख्यामा पदोन्नतीका लागि शिफारिश गर्दा एक जना पनि महिला पारिएन । एआइजी र डीआइजीमा महिला नभएपनि एसपी र एसएसपीमा बढुवा गर्नका लागि योग्यता पुगेका महिलाहरू थिए । एसपीबाट एससपीमा एउटै ब्याचका पुरुषहरु परेपनि उत्तिकै प्रतिस्पर्धाबाट आएकी पूजा सिंहलाई बढुवामा सिफारिश गरिएन । उनी खुल्ला प्रतिस्पर्धाबाट इन्स्पेक्टरमा आउने पहिलो महिला प्रहरी अधिकृत हुन् । नेपाल प्रहरीमा अहिले पूजा सिंह, मिरा चौधरी, किरण बज्राचार्य, दुर्गा सिंह र किरण राणा गरी पाँच जना महिला एसपी रहेका छन । महिलाहरु मध्ये पूजा सिनियर हुन् । अरुलाई बढुवामा पर्नका लागि अझै तिन वर्ष पर्खिनु पर्ने बताइन्छ ।

२०४९ सालमा पूजासंगै नेपाल प्रहरीमा प्रबेश गरेका एसपी बिश्व पोख्रेल, उत्तम सुवेदी,रबिन्द्र धानुक, दिवेश लोहनी, बसन्त लामा र धिरज सिंहलाई एसएसपीमा सिफारिश गरिएको छ । उक्त ब्याचमा प्रतिस्पर्धामा आउने पूजा एक मात्र महिला थिइन । पूजा अहिले सुडान मिसनमा छिन । संयुक्त राष्ट्रसंघीय मिसन कमाण्ड गर्ने उनी पहिलो महिला प्रहरी अधिकृत हुन । भूकम्पका बेला काभ्रे जिल्ला प्रहरी प्रमुखका रूपमा उनले निर्वाह गरेको भूमिका महत्वपूर्ण मानिन्छ । पूर्वाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयमा रहँदा उनले गरेको ट्राफिक ब्यवस्थापनको चर्चा अहिले पनि पूर्वाञ्चलबासीहरु गर्छन । पूर्वाञ्चलमा यायतायात ब्यवसायीलाई तह लगाएको भनी सर्वसाधारणबाट उनले ‘बहादुर आइमाई’को संज्ञा पाएकी थिइन् । उनको छवि नेपाल प्रहरीभित्र पनि निडर र हक्की स्वभावको भन्ने छ । प्रतिस्पर्धाबाट अगाडि बढ्दै आएकोले आफुलाई प्रहरी अधिकृत मात्र भन्न रुचाउने पूजा समावेसीको कुरा गर्दा महिला र मधेशी दुवै हुन् ।