जहाँ बिक्री हुन्छ चोरीका सुन

जहाँ बिक्री हुन्छ चोरीका सुन


विभिन्न व्यक्ती तथा सस्थागत रुपमा चोरी निकासी हुदै आएको सुनलाई राजधानीकै नाम चलेका सुनपसलमा बिक्री हुने गरेको खुलेको छ । गोप्य रुपमा प्राप्त विवरण अनुसार पहिलो चरणमा राजधानीका ४ वटा सुनपसलमा सवैभन्दा बढी चोरीका सूनका गरगहना बिक्री गर्ने गरेको पाइएको छ ।

चोरीको सुन बिक्री गर्ने पसल
आरके ज्वेलर्स
सालिमार ज्वेलर्स
वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस
साइराम ज्वेलस

अबैध रुपमा नेपाल भित्राइएको सुन र चोरीको सुनलाई आफ्नो मुल्यमा खरिद गरि मंहगोमा बिक्री वितरण गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा समेत रहेको छ । सोही अनुसन्धानका आधारमा प्राप्त विवरण अुनुसार राजधानीका आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सले त्यस्ता सामाग्रीहरुको बिक्री गर्ने गरेको खुलेको हो । प्रहरीले न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई गत केही महिनाअधि नियन्त्रणमा लिई गरेको अनुसन्धानबाट सो कुरा खुलेको हो । भने अर्का सञ्चालक प्रमोद श्रेष्ठ अझै फरार सूचीमा रहेका छन ।

विशालबजार स्थित आरके ज्वेलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, शालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल पनि फरार सूचीमै रहेका छन् । ओटुस्थित साइराम ज्वेलर्सका सञ्चालक अमोल विभुते भाइचन्द्र पनि फरार सूचीमा छन् ।

प्रहरी प्रधान कार्यालयको सिआइबीले उनीहरूविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा राय प्रतिवेदन बुझाएको भएपनि सो बारे के भई रहेको छ भन्ने जानकारी अझै सार्वजनिक भएको छैन् । उनीहरूमध्ये वैभवका प्रमोद श्रेष्ठ ओसार पसारमै संलग्न व्यक्ति रहेको समेत पुष्टी प्रहरीको रहेको छ ।

आरके र शालिमार ज्वलेर्सका सञ्चालकहरूले चोरीको सुन बेच्दै आएका पुष्टी भएको छ । साइरामका विभुतेले तस्करीको सुन गाल्ने काम गर्ने गरेको अनुुन्धानमा देखिएको छ । शालिमार ज्वेलर्सका कर्मचारी राजेन्द्र बोगटी तथा आरके ज्वेलर्सका सञ्चालक समिर श्रेष्ठ तस्करीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । तस्करीका प्रमुख एजेन्ट रामहरि कार्की पक्राउ परेलगत्तै उनीहरू मालिकसगै भारत छिरेको अनुमान गरिएपनि अर्धभुमीगत रुपमा आफ्नै सुन पसलमा बसी अबैधधन्धा समेत चलाउदै आएको आरोप उनीहरुमाथी लगाइएको छ ।

प्रहरीले सुन तस्करीमा संलग्नहरूको सम्पत्ति छानबिन सुरु गरेको छ । कुनै समय ट्याम्पो ड्राइभर रहेका पर्वतका गुप्तलाल ‘रोशन’ भुसालले काठमाडौंमै करोडौँको सम्पत्ति जोडेको रिपोर्ट प्रहरीले जम्ममा पारेको छ । सामाखुसीमा उनले एक रोपनी जग्गामा घर बनाउँदै गरेका छन् । उनले सामाखुसीको मुख्य सडकमा घर किनेका छन । त्यस्तै, हरि खड्काको लाजिम्पाटमा एउटा घर भेटिएको छ । सिआइबीले मालपोत कार्यालयमार्फत उनीहरूको घरजग्गाको विवरण लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा छानबिन अघि बढाएको छ ।

यसैगरी, साढे ३३ किलो सुन तस्करीमा ३३ जना संलग्न रहेको निष्कर्ष सिआइबीको रहेको थियो । भन्सारका कर्मचारी तथा अन्य आठजना कारोबार र ओसारपसारमा संलग्न हुनेलाई पक्राउ गरेसंगै सो रह¥य खुलेको भएपनि अझै मुख्य सुन तस्करलाई सरकारले कारबाही गर्न सकेको छैन । त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री, भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन ।

सुन तस्करीमा भरियाका रूपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई गत वर्ष २१ पुसमै सिआइबीले पक्राउ गरेको थियो । साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल भुसाल र हरि खड्का भएको सिआइबीले जनाएको भएपनि उनीहरु अझै कारबाहीमा परेका छैनन् । खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुनपसलका मालिक समेत हुन । चूडामणि उप्रेती ‘गोर’, रामकिशन अग्रवाल ‘काले’ र अर्जुन खरेल सुन तस्करमा संलग्नता देखिएको प्रहरीले जनाएको छ । हरि खड्काका भाइ राजकुमार खड्का र अर्जुन खरेलका भाइ प्रकाश खरेल फरार सुचीमा रहेका छन । लाजिम्पाट उत्तरढोकास्थित दरबार रोधीघरमार्फत तस्करीको सुन विभिन्न पसलमा जाने गरेको प्रहरीले पत्ता लगाएको छ ।