महिला स्वयंसेविकालाई साइकल वितरण

महिला स्वयंसेविकालाई साइकल वितरण


कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई  साइकल वितरण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको रु तीन लाख ५० हजार रकम खर्च गरी साइकल वितरण गर्नुभएको हो । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गतका ३९ र रौतेली बिचवा स्वास्थ्य चौकीअन्तर्गतका १० गरी ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य जनक धामीले बताउनुभयो ।

“गत आर्थिक वर्षको परिषद्मा वडा भेलामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने माग आए पनि बेलडाँडी गाउँपालिकाको बजेटले नभ्याएपछि उक्त मागलाई सांसद विकास कोषमा पठाएबमोजिम साइकल वितरण गरिएको सांसद बिष्टले बताउनुभयो । साइकल पाएपछि कार्य गर्न निकै हौसला थपिएको स्वयंसेविकाले बताएका छन् । रासस