प्रसनि गुरुङको हत्यामा महिलाको हात

प्रसनि गुरुङको हत्यामा महिलाको हात


धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको गत साता भएको हत्यामा स्थानीय एक महिलाको संलग्नता रहेको खुलेको छ । श्रीमानसमेतको मिलेमतोमा प्रहरी अधिकाीको हत्यामा संलग्न भएको आरोपमा आइतबार तारा थापा मगर नामक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ प्रहरीका अनुसार प्रहरी चौकीनजिकै घर भएकी तारालाई प्रहरीले हत्या आरोपमा पक्राउ गरिएको हो । हत्या आरोप लागेका थापामगरका श्रीमान सुशील गुरुङ फरार छन् । बलियो घर कार्यक्रमअन्तर्गत सामाजिक परिचालक पदमा कार्यरत गुरुङले श्रीमती थापामगरको सहयोगमा घरमा बोलाएर प्रहरीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

गत साता बिहीबार प्रहरी चौकीमा नै रहेका मृतक वीरबहादुरको लास शुक्रबार बिहान प्रहरी चौकी नजिकै मकैबारीमा फालिएको अवस्थामा भेटिएको थियो । गोरखा जिल्ला निवासी प्रहरी सहायक निरीक्षक गुरुङ गत चैतदेखि दार्खामा कार्यरत थिए । प्रहरी चौकीका प्रमुख बिदामा गएकाले घटना भएको दिनमा गुरुङ नै प्रहरी चौकीका इञ्चार्जका रुपमा रहेका थिए ।

फरार रहेका अभियुक्त सुशीललाई छिट्टै पक्राउ गरिने र हत्याको कारणबारे खुलस्त हुने बताइएको छ ।