नेपालकै अग्लो झोलुङ्गे पुलबाट किन फाल हान्यो यो जोडीले ?

नेपालकै अग्लो झोलुङ्गे पुलबाट किन फाल हान्यो यो जोडीले ?


पर्वतस्थित मोदीखोलामाथि रहेको नेपालकै अग्लो झोलुङ्गे पुलबाट गत शनिबार राती फाल हानेर आत्महत्या गर्ने युवायुवतीको एक जोडीबारे चर्चा र चासो बढेको छ । यतिबेला उक्त जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ भने राजधानीदेखि पर्वतसम्म पुगेर आत्महत्या गर्नुको कारणबारे प्रहरी अनुसन्धान सुरु भएको छ ।

यसरी आत्महत्या गर्ने जोडी धरान उपमहानगरपालिका–११ का २६ वर्षीय अकिन गुरुङ र पुरानो बागलुङको हरिचौर घर भई हाल ललितपुर उमनपा–१४ बस्ने २५ वर्षीया मुना राना भएको खुलासा भए पनि मृतकका आफन्तहरु पुगेर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको बुझिएको छ। गुरुङ र रानाले शनिबार राति १० बजेको समयमा एकसाथ पुलबाट फाल हानेर आत्महत्या गरेका थिए ।

स्थानीयको भनाईमा आधारित रही बताइएअनुसार खोलामा हाम फाल्ने तयारीका साथ पुलबाट खसेको भए पनि उनीहरु खोला किनारमा करिब ५० मिटरको अन्तरमा खरवारीमा परेका थिए । उनीहरु घुमघामका लागि भन्दै शनिबार पर्वत सदरमुकाम कुश्माबजार पुगेका थिए । घुमघामका लागि पुगेको उक्त जोडी रातिको समयमा नेपालकै अग्लो पुलबाट हाम फालेर आत्महत्या गर्ने स्थितिमा किन पुगे भन्ने जिज्ञासामा आधारित रही प्रहरीले अनुसन्धान थालेको छ बुझिएकाmे छ ।

बताइएअनुसार पुलमा रहेको उनीहरुको सामान देखेपछि हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमानका आधारमा उनीहरुको खोजी गरिएको र आइतबार बिहान मोदीको किनारमा जोडीको शव भेटिएको थियो । मृतकका झोलामा राति बास बस्ने टेन्ट तथा अन्य बन्दोबस्तीका सामानहरुसमेत भेटिएको छ भने दुवैका सामान एउटै झोलामा, मोबाइल, पैसासमेत एकै ठाउँमा भेटिएका छन् । उनीहरु प्रेमीप्रेमिका हुन सक्ने अनुमान त सबैले गरेका छन्, तर खुशीसाथ घुम्न हिँडेको जोडी एकाएक आत्महत्याको मानसिकतामा किन पुग्यो भन्ने जिज्ञासाचाहिँ पेचिलो बनेको छ ।