विशालका बुबाले भने- धन्यवाद पुलिस !

विशालका बुबाले भने- धन्यवाद पुलिस !


राजधानीकै एक स्कुलबाट अपहरणमा परेका ५ बर्षिय विशाल चौधरीलाई प्रहरीले ५ दिनपछि सकुशल उद्धार गरेको छ । बालक अपरणमा परेपछि अपराध अनुसन्धान महाशाखा र सोह्रखुट्टे प्रहरी बृत्तका ३० जना प्रहरीहरु बालक विशालको खोजिमा लागिरहेका थिए।

क्षेत्रपाटीको सरस्वती बोर्डिङ स्कुलको गेटबाट एक अपरिचितले मोटरसाइकलमा राखेर लगेका ती बालकलाई प्रहरीले सोमबार बिहान काठमाडौंको काँडाघारीमा फेला पारेको प्रहरीले जानकारी दियो ।

क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलमा दिउँसो छुट्टी हुने बेलामा बिहीबार बच्चा लिन पुगेका बाबु विजय चौधरी जाँदा बच्चा स्कुलबाट बाहिरिइसकेको खबर पाइसकेपछि बच्चा विशालको खोजी भएको थियो ।

रुँदै विशालका बाबुले भनेः धन्यवाद पुलिस !
बुटवल स्थायी घर भएका विजय पछिल्ला दिनमा सोह्रखुट्टे नजिकै नयाँ बजारमा पसल चलाउँदै आइरहेका छन् ।

५ बर्षिय विशाल चौधरीलाई प्रहरीले ५ दिनपछि सकुशल उद्धार गरेपछि बालकका बाबु विजय चौधरी खुशीले रुँदै भने, ‘हामीले चिन्ताले गलेका थियौं । प्रहरी व्यापक परिचालन भयो । धन्यवाद पुलिस ।’

स्कुलको गेटबाट एक अपरिचितले मोटरसाइकलमा राखेर लगेका ती बालकलाई प्रहरीले सोमबार बिहान काठमाडौंको काँडाघारीमा फेला पारेको प्रहरीले जानकारी दिएको थियो । बालक फेला परेको जानकारी प्रहरीले विजयलाई फोन मार्फत दिएको थियो ।

 

क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलमा दिउँसो छुट्टी हुने बेलामा बिहीबार बच्चा लिन पुगेका बाबु विजय चौधरी जाँदा बच्चा स्कुलबाट बाहिरिइसकेको खबर पाइसकेपछि बच्चा विशालको खोजी भएको थियो ।