सुन बोक्ने विदेशी विमानस्थलमा पक्राउ

सुन बोक्ने विदेशी विमानस्थलमा पक्राउ


काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

थाई एयरलाइन्सको विमानबाट सोमबार सवा १२ बजे नेपाल आएका विदेशी नागरिकलाई विषेश सूचनाको आधारमा नेपाल प्रहरीले विमानस्थलको अध्यागमन नआईपुग्दै पक्राउ गरेको हो ।

हेन्डब्यागमा २ किलो सुन बोकेर ल्याउने विदेशीको बारेमा प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेका विदेशी नागरिक र उनले ल्याएको अवैध सुनका बारेमा अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ ।