पर्सा राजपा विभाजित : संयोजक परे ‘कु’मा

पर्सा राजपा विभाजित : संयोजक परे ‘कु’मा


स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजपा नेपालभित्रको अन्तरकलह सतहमा देखापर्न थालेको छ । राजपा (पर्सा)को कलह छताछुल्ल भएपछि यस्तै महसुस गर्न थालिएको हो ।

६ पार्टीको एकीकरणपछि विधिवत घोषणा भएको राजपा नेपाल (पर्सा) दुई खेमामा विभाजित भएको छ। राजपा स्थापना कालदेखि जिल्ला संयोजक रहेका पुरुषोत्तम झालाई हिजो आइतबार दुई महिनाको कार्यकाल सकिएको भन्दै प्रेमबाबु पटेललाई संयोजक चयन गरेको प्रेस विज्ञप्ति जारी भएको थियो । विज्ञप्तिमा अध्यक्ष मण्डलका प्रेमबाबुसहित कृष्ण पटेल बैठकमा सहभागी रहेका जनाइएको थियोे ।

उक्त विज्ञप्तिप्रति आपत्ति जनाउँदै राजपा पर्साको संयोजकमा पुरुषोत्तम झा नै रहेकोे अर्को विज्ञप्ति सोमबार जारी भएको छ । पछिल्लो विज्ञप्तिमा अध्यक्ष मण्डलका चारजना सदस्यहरुले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा पुरुषोत्तम झा बाहेकका इमदाद गद्दी, वीरेन्द्र यादव र मुस्तकिम अन्सारीले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा पार्टी हितविपरीत जथाभावी स्टेटमेन्ट जारी गनहरुमाथि अनुशासनको कारबाही गर्ने उल्लेख छ।

वीरगञ्ज महानगरपालिकाको मेयरमा विमलप्रसाद श्रीवास्तव र राजेशमान सिंहको सशक्त दाबेदारी राजपामा रहेको छ। झा श्रीवास्तब पक्षधर र पटेल राजेशमान पाक्षधर मानिन्छ । यो विज्ञप्तिसंगै राजपाको अन्तरकलह पनि राम्रैसँग बाहिर आएको छ।

– महेश दास