पूर्वराजदूत खतिवडा रहेनन्

पूर्वराजदूत खतिवडा रहेनन्


बंगलादेशका लागि नेपालका पूर्वराजदूत प्रदीपकुमार खतिवडाको निधन भएको छ । अर्बुद रोगबाट पीडित रहँदै आउनुभएका ६८ वर्षीय खतिवडाको सोमबार राती नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उहाँका परिजनले जानकारी दिएका छन् ।

लामो समयदेखि घाँटीको अर्बुद रोगबाट पीडित दिवंगत खतिवडाले कुनैबेला केही महिनाको लागि परराष्ट्र मन्त्रालयका निमित्त सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो भने झण्डै तीन दशकसम्म कूटनीतिक कर्मचारीका रुपमा विश्वका विभिन्न मुलुकमा उहाँले सेवा गर्नुभएको थियो । कूटनीतिक सेवामा प्रवेश गर्नुअघि प्राध्यापन पेशामा संलग्न उहाँले माध्यमिक र उच्चमाध्यमिक तहको बीजगणित पुस्तक समेत लेख्नुभएको थियो ।