शर्मालाई न्यायिक हिरासतमा राख्‍न सर्वोच्चको आदेश

शर्मालाई न्यायिक हिरासतमा राख्‍न सर्वोच्चको आदेश


आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा अब प्रहरी हिरासतमा रहने भएका छन् । सर्वोच्च अदालतको मंगलबारको पूर्ण इजलाशले शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतबाट न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।

न्यायधीशहरु दिपकराज जोशी, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले शर्मालाई न्यायिक हिरासतमा आदेश दिएको हो । राजस्व हिनामिना गरेको आरोपमा शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १९ गते नियन्त्रणमा लिएको थियो ।

कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको, कर निधारण गर्दा भष्टाचार गरेको तथा एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादास्पद मुद्दामा मुछिएका शर्मालाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।