करको गहिराई नबुझ्दा भ्रष्टाचार मौलाएको तर्क

करको गहिराई नबुझ्दा भ्रष्टाचार मौलाएको तर्क


सूचनाको हकको व्यवहारिक प्रयोगविना भ्रष्टाचारका फाइल हात नलाग्ने निचोडका साथ युवा संघ नेपाल अर्घाखाँचीले जिल्लाको सदरमुकाम सन्धिखर्कमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिकाभित्रका युवायुवतीलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिन सूचना तथा सुशासन अभियान, सिआईजीका अध्यक्ष मुक्तिनाथ भुसाललाई आमन्त्रित गरिएको थियो । सूचनाको हकका अभियन्ता भुसालले मुख्य प्रशिक्षकको रूपमा सूचनाको हकको महत्व, प्रयोग विधि र सफलताका कथाहरू भिजुअलमार्फत प्रस्ट्याएपछि सहभागीहरूले आफु यो देशको साधारण नागरिक नभई ‘मालिक’ नै भएजस्तो अनुभूति हुन पुगेको प्रतिक्रिया दिएका थिए ।

युवा संघ नेपाल अर्घाखाँचीका अध्यक्ष गोविन्दप्रसाद आचार्यको अध्यक्षता रहेको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले आरटीआईको महत्व र कर (ट्याक्स)का बारेमा सरल भाषामा जानकारी गराउँदै करको गहिराईमा आमनगरिक पुग्न नसकेकोले नेपालमा भ्रष्टाचार मौलाएको तर्क गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले सार्वजनिक निकायमा युवाहरू सूचना माग्न हौसिनुपर्ने बताउँदै अर्घाखाँची जिल्लालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउन सिआईजीसँग सहकार्य गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिनुभएको थियो ।

यसैगरी, कार्यक्रमका अध्यक्ष आचार्यले निकट भविष्यमै अर्घाखाँची जिल्लाका सार्वजनिक निकायहरूमा सूचना माग्न आफ्ना युवा सदस्यहरू हौसिने बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्रेष्ठलाई सम्मानपत्रद्वारा सम्मान गरिनुको साथै प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका मुख्य प्रशिक्षक भुसालले अर्घाखाँची जिल्लामा सुशासनको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदरस्वरुप वहाँलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको सो कार्यक्रममा नेकपा एमालेका सिद्धिप्रसाद भुसाल, श्रीकृष्ण भुसाल, नेपाल पत्रकार महासंघका जिल्ला सभापति हिमबहादुर जिसीलगायत करिव १ सय ५० जना युवायुवतीहरूको सहभागिता रहेको थियो ।

?