प्रेस युनियनले गर्‍यो श्रीजनको चयन

प्रेस युनियनले गर्‍यो श्रीजनको चयन


आगामी भदौ ४ र ५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको महाधिवेशनमा मूख्य ओहदाका लागि उम्मेदवारको दाबेदारी आइसकेको छैन, तर कतिपय उम्मेदवारी घोषणाको सिलसिला सुरु भएको छ । यस क्रममा अगुवा बन्न पुगेका छन् पत्रकार श्रीजन झा । नेपाल प्रेस युनियनले उपत्यका प्रदेश सदस्यमा श्रीजनलाई उठाउने निर्णय गरेपछि उनको उम्मेदवारीको चर्चा आरम्भ भएको हो ।

नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिका संयोजक निरज खतिवडाले जारी गरेको विज्ञप्तीका अनुसार पत्रकार महासंघ उपत्यका प्रदेशका लागि सदस्यमा लोकतान्त्रिक पत्रकारहरुका तर्फबाट नेपाल प्रेस युनियन उपत्यका समन्वय समितिले झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । युनियनको पूर्ण बैठकबाट महासंघ काठमाडौं शाखाबाट महासंघ सभासद झालाई उम्मेदवारका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको उक्त विज्ञप्तिमा जनाइएको छ ।