नारायणगढ–मुग्लिन खण्डमा पैदल हिँडे देउवा

नारायणगढ–मुग्लिन खण्डमा पैदल हिँडे देउवा


राजधानीको सडकमा परेका खाल्डाखुल्डीका कारण सरकार आलोचित बनिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् । बुधबार नारायणगढ–मुग्लिन सडकखण्डको स्थलगत अनुगमनमा निस्केका प्रधानमन्त्री देउवाले पुनर्निर्माण चरणमा रहेको अस्तव्यस्त सडकको निरीक्षण गर्दै निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिए ।

नारायणगढ–मुग्लिन मार्गलाई लाइफ लाइनको बाटोको संज्ञा दिँदै प्रधानमनत्रीले यस बाटोको कारण जनताले निकै दुःख पाएको गुनासो गरे । जसरी हुन्छ, निर्माण चाँडो सक्नुपर्छ भन्ने उनको निर्देशन थियो ।

बुधबार बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी पुगेका प्रधानमन्त्री देउवाले आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए ।