भलिबलकी ‘प्रतिभा’ ब्राण्ड एम्बासडर

भलिबलकी ‘प्रतिभा’ ब्राण्ड एम्बासडर


राष्ट्रिय भलिबल टिमकी सदस्य प्रतिभा माली खेल पोशाक (स्पोर्टस वेयर) कम्पनी उत्पादक साहास स्पोर्टसको ब्राण्ड एम्बासडर बनेकी छिन् । साहस स्पोर्टसले प्रतिभालाई एक वर्षको लागि कम्पनीको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो ।

सहमतिअनुसार प्रतिभाले वार्षिक १ लाख २० हजार नगद तथा खेल पोशाकको ५० हजार गरी १ लाख ७० हजार प्राप्त गर्नेछिन् । सम्झौतापत्रमा साहस स्पोर्टस्का अध्यक्ष तथा प्रबन्ध निर्देशक जनक न्यौपाने र खेलाडी प्रतिभा मालीले हस्ताक्षर गरेका छिन् । प्रतिभालाई साहास स्पोर्टसले हरेक महिना १० हजार रुपैयाँ तथा वर्षभरि खेल पोशाक उपलब्ध गराउने छ ।