अविरल बर्षाको कारण मध्य तराईको जनजीवन प्रभावित भएको छ । वीरगन्जको मेनरोड, आदर्शनगरलगायत क्षेत्र जलमग्न भएको छ। वर्षाको पानीले आवतजावत अवरुद्ध भएको छ।
वीरगञ्जमा भूमिगत ढलनाला निर्माणको कारण सबैतिर खाल्डाखुल्डी भएकोले पनि पानी जम्न पुगेको छ। जलको निकास नहुँदा र नाला सञ्चालमा नआउँदा झन बढी समस्या भएको स्थानीय निरन्जन मिश्र बताउँछन् । भएको नाला पनि महानगरपालिकाले समयमै सफा नगरेको कारण पानी निकास नभएर सवारीसाधन समेत चल्न सक्ने अवस्था नभएको उनले बताए ।
जताततै खाल्डा र बाटो भत्किएको कारण विगत वर्ष भन्दा यसपटक बढी सास्ती ब्यहोर्न वीरगञ्जवासी विवश भएका छन् । उपमहानगरपालिकाबाट महानगरमा रुपान्तरण भएपछि राहत पाउने आश गरेका नगरवासीहरुले झन सास्ती ब्यहोर्न परेपछि राजनीतिक दलहरूले यसैलाई चुनावी मुद्दा बनाएका छन् ।
फोरमका मेयर उम्मेदवार विजय सरावगीले खाल्डा तत्काल पुर्न महानगरपालिकाले तत्परता देखाउनुपर्ने बताए भने नेकपा एमालेका मेयर उम्मेदवार बसुरुद्दिन अन्सारीले सांसदहरु र महानगरपालिकाले नाला सफा गर्ने काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै आफु जितेको एक महिनाभित्र सबै खाल्डा पुर्ने दाबी गरेका छन् ।

– महेश दास
प्रतिक्रिया