सिलवालको मुद्दा पनि ‘हेर्दाहेर्दै’मा

सिलवालको मुद्दा पनि ‘हेर्दाहेर्दै’मा


आफूभन्दा कनिष्ठ प्रकाश अर्याललाई आइजिपी बनाएर आफूमाथि अन्याय भएको भन्दै नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको ५ सदस्यीय पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ भइरहेको छ ।

बिहीबार सिलवाल पक्षका वकिलहरुको बहस सकिएपछि २६ गते फैसला आउने गरी पूर्ण इजलासले हेर्दा हेर्दैमा राखेको हो । बिहीबार सिलवालको पक्षबाट वरिष्ठ अधिधवक्ता हरिहर दाहाल, बद्रीवहादुर कार्की, तुलसी भट्ट, टिकाराम भट्टराई, दिपेन्द्र झा लगायतका वकिलले बहस गरेका थिए ।

उनीहरुले प्रकाश अर्याललाई आईजीपी नियुक्ति गर्ने तत्कालिन सरकारको निर्णय नै अवैधानिक भएको जिकिर गर्दै निर्णय बदरभागी हुने र सिलवाल आईजीपी हुनुपर्ने जिकिर गरेका थिए ।