प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार अपरान्ह न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री देउवाले न्यूयोक बसाईका क्रममा राष्ट्र संघमा आवद्ध मुलुकमा सरकार र राष्ट्र प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा राष्ट्र संघको महासंघलाई सम्बोधन गरी आगामी असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
न्यूयोर्क प्रस्थान गर्नु अघि उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए । सोही अवसरमा नेपाली सेनाले प्रधानमन्त्री देउवाको सम्मानमा सलामी समेत अर्पण गरेको थियो ।
प्रतिक्रिया