सूर्यविनायकमा एनसीसी बैंकको शाखा

सूर्यविनायकमा एनसीसी बैंकको शाखा


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले शाखाको उदघाटन गरेका हुन् ।

शाखा समुद्घाटन समारोहमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवाल र वडाअध्यक्ष कुमार चौवालले एनसीसी बैंकको शाखा सूर्यविनायकमा संचालन भएकोमा खुशी व्यक्त गरे । बैंकको शाखा स्थापनाबाट व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग पुग्ने अपेक्षा उनीहरुले गरे ।
शाखा उदघाटन समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले सूर्यविनायकमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यापार व्यवसायमा टेवा पु¥याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी दिए ।

एनसीसी बैंकले आगामी ८ गतेका दिन कामनपा वडा नं. ६ रामहिटी, सिमलटारमा अर्को शाखा आरम्भ गर्ने जानकारी समेत दिएको छ ।