सात दिनभित्रै कारबाही गर्न निर्देशन

सात दिनभित्रै कारबाही गर्न निर्देशन


रोशन कार्की

महालेखा परीक्षकको कार्यालयले नेपाल खानेपानी संस्थानलाई तत्काल कारबाही गरी ७ दिनभित्र जानकारी गराउन खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिएको छ । संस्थानको नाममा रहेको बक्यौतालाई लामो समयसम्म फस्र्यौंट नगरेको र पटकपटक दिएको निर्देशन समेत बेबास्था गरेको भन्दै तत्काल कारबाही गर्न निर्देशन दिएको हो ।

सो कार्यालयले लेखापरीक्षण २०७४ भदौ मसान्तसम्म सम्पन्न गर्न बारम्बार निर्देशन दिएपनि उक्त निर्देशन पालना नभएको महालेखाले जनाएको छ ।

आव २०६९/७० देखि २०७३/७४ सम्मको लेखापरीक्षण गराउन पटक पटक निर्देशन दिएपनि लेखा र वित्तीय विवरण लेखा परीक्षकहरु समक्ष पेश नगरेकाले लेखापरीक्षणमा बाधा पुगेको जनताउदै कारबाहीकालागि महालेखाले निर्देशन दिएको जनाएको छ ।

महालेखाले संस्थानका जिम्मेवार पदाधिकारीलाई संस्थान ऐन २०२१, आर्थिक कार्यविधि ऐन २०५५, र आर्थिक कार्यविधि नियमावली २०६४ लगायत प्रचलित कानुन बमोजिक कारबाही गरी ७ दिनभित्र जानकारी उपलब्ध गराउन खानेपानी तथा सरसफाई मन्त्रालयका सचिवलाई निर्देशन दिएको हो ।