टेलिकमले विनाव्याज प्रीपेड ग्राहकलाई ऋण दिने

टेलिकमले विनाव्याज प्रीपेड ग्राहकलाई ऋण दिने


नेपाल टेलिकमको प्रीपेड सिम प्रयोगकर्ताहरुका विना व्याजमा ग्राहकहरुका लागि सापटी योजना ल्याउँदैछ ।
सापटी लिएपछि टेलिकमले बिना ब्याज (सेवा शुल्क बिनै) त्यस्तो सापटी (ऋण) उपलब्ध गराउन लागेको छ । टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले प्रिपेड सेवाग्राहीहरुलाई कुरा गर्दा गर्दै ब्यालेन्स सकिए पनि कल निरन्तरता दिन विना ब्याज लोन (ऋण) रकम उपलब्ध गर्ने व्यवस्था गर्न कम्पनीले सेवा सञ्चालनमा ल्याउने तयारी कार्य गरिरहेको बताएकी छिन्।

उनले टेलिकमको सेवालाई उपभोक्ता मैत्री र गुणस्तरिय बनाउन सेवा शुल्क बिनै निश्चित रकम सापटी (ऋण) दिन लागिएको बताईन । ब्याज बिना कति रकम ऋण दिने भन्नेबारे भने यकिन भै नसकेको उनले बताई । यस अघि नै एनसेलले आफ्ना प्रीपेड ग्राहकहरुलाई सापटी दिँदै आएको थियो । यद्यपी एनसेलले सेवा शुल्क वापत २ रुपैंयाँ ५१ पैसा असुल्दै आएको छ । नेपाल टेलिकमले भने सेवा शुल्क नलिएरै सापटी दिन लागेको हो ।