एनसीसीको नयाँ शाखा

एनसीसीको नयाँ शाखा


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले असोज ८ गते देखि काठमाडौं महानगरपालिका, वडा नं. ६, रामहिटी (सिमलटार)मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले उक्त शाखाको उदघाटन गरेका हुन् ।

बैंक संचालक समितिका सदस्य तथा अन्य आमन्त्रित उद्यमी, व्यवसायी तथा बैंकका पदाधिकारीहरुको उपस्थितिमा उक्त शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

शाखा उदघाटन समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पु¥याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराए ।

सो अवसरमा प्रमुख अतिथि काठमाडौं महानगरपालिका, वडा नं. ६ का वडाअध्यक्ष दिपेन्द्र कुमार लामा, अतिथिहरु श्रीमती कर्मा लामा, प्राडा लक्ष्मीप्रसाद पन्थी, प्राध्यापक प्रयागराज भट्टराई, वशिष्ठ, डा. मञ्जु मिश्र लगायतले मन्तव्य राखेका थिए ।

यसअघि यही आश्विन ६ गते शुक्रवार भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा पनि बैंकले शाखा सञ्चालनमा ल्याएको थियो ।