लण्डन । ०६ फेब्रुवरी १९५२ को दिन ६० वर्षपहिले महारानी एलिजाबेथ द्वितीया बेलायतको राज सिंहासन् आरोहण गर्ने बखतमा भनेजस्तै यसपालि पनि सोहीअनुसार हिरक जयन्तीको अवसरमा आफूले केही नवीनतम् सेवा देशलाई प्रदान गर्नलाई समर्पित रहने कुरा प्रकाश पारेकी छिन् । अनि एउटा सन्देशमा उनले आफ्नो शासनकालको हिरक जयन्ती मनाउने क्रममा देशका जनताबाट ठूलो सहयोग प्राप्त गरेको हुनाले यसलाई उनले हृदयको गहिराइबाट अनुभूत गरेको कुरा सम्प्रेषन गरेका छन् ।
यसै वर्ष जून महिनामा अत्यन्त भव्यताको साथ मनाउन गइरहेको हिरक जयन्तीका लागि कैयौ कार्यक्रमहरु श्रृङ्खलाबद्ध क्रममा सम्पन्न गरिंदैछ । उनका पिता महाराजा जोर्ज छैठौंका मृत्यु पछि, ८५ वर्षीया महारानी एलिजाबेथ दि्वतीया सन् १९५२ सालमा राज सिंहासन् आरोहण गरेयतादेखि निजी तवरमा गद्धी आरोहण दिवस हालसम्म मनाउँदै आएका थिए । तर, यस वर्षचाँहि नारफोकमा दुइटा कार्यक्रममा व्यस्त हुँदै छिन् । यस वर्ष महारानी एलिजाबेथ किङ्स लाइन टाउनहाल र डसिङ्घामको इन्फ्यान्ट नर्सरी स्कुलमा जाने प्रोग्राम बनाएकी छिन् । चिसो मौसमको बावजुद मानिसहरुका भीड महारानीलाई हेर्न र भेट्नाका लागि ओइरिईरहेका छन् । महारानीका दुइटा फोटाहरु आधिकारिक तवरबाट सार्वजनिक गरिसकेका छन् । महारानीलाई लण्डनको हाइडपार्कमा ४१ वटा तोप तथा टावर अफ लण्डनमा ६२वटा तोपहरुका सलामी दिइनेछ । डासिङ्घाम इन्फ्यान्ट स्कुलका हेडमास्टर गेयाल प्लाटले … स्कुलका बच्चाहरु महारानीको आगमनमा अति रोमाञ्चित भएका छन्, उनीहरु महारानीलाई भेट्न आतुर छन् र बच्चाहरुले केही गीतहरु र मौसुफको सवारीमा ध्यान दिनुपर्ने आदर सत्कारका कुराहरु सिक्दै छन्, मलाई पक्का यकीन भएको छ कि यो अविस्मरणीय क्षण हुनेछ जसलाई वर्षौसम्म सम्झिरहनेछ …. भनेका छन् ।
महारानीका यो लामो शासनकालमा बेलायतमा ११जना प्रधानमन्त्रीहरु आए अनि गए । हालको प्रधानमन्त्री, डेभिड क्यामरुन् १२औ प्रधानमन्त्री हुन् । प्रधानमन्त्री क्यामरुनले महारानीलाई प्रशंसा गर्दै उनी ज्ञान र निरन्तरताका श्रोत हुन् भनेका छन् । सन् २०१२ सालमा हिरक जयन्तीको उत्सव क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तवरमा धुमधामसित मनाइनेछ तथा जून महिनामा बेलायतभरि सप्ताहान्तमा चारदिनको सरकारी विदा हुनेछ । यसै कार्यक्रममा महारानीले एक हजारवटा डुङ्गाहरुका लश्करलाई थेम्स् नदीमा आफू अघि तथा ङुङ्गाहरुका विशाल लामो ताँती उनका पछि चलायमान हुनेछन् । देशभरि द्वीप प्रज्वलन गरेर अटूट श्रृङखला कायम गर्ने कुरा सार्वजनिक गरेका छन् । यस वर्षभरि महारानी र उनका पति ड्यूक अफ एडिनवर्ग देशका विभिन्न भागहरुमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया