खोटांग समाज हंगकंगको १५ औ वार्षिक उत्सव

खोटांग समाज हंगकंगको १५ औ वार्षिक उत्सव


हंगकंग । गत, फेब्रुवरी, ५ तारिखका दिन खोटांग समाज हंगकंगले चुनमुन बटरफ्लाई विचमा पुरुष भलिबल खेल खेलाएर मनाएको छ । जम्मा ९ टिमले सहभागिता जनाएको यस खेल पोल एबाट पाथिभरा,संखुवासभा, स्याङजा, ताउलेक समाज, गान्ध्रुक रहेका थिए भने, पाथिभारालाई हराउँदै ताउलेक समाजले सेमी फाइनल काट्दै फाइनलमा पुगेका थिए भने पोल बीबाट बाग्लुङ,पुन क्लव , खोटांग र पर्वत रहेका थिए। सेमी फाइनलमा पुनले पर्बतलाई हराउँदै फाइनल प्रबेश गरेका थिए ।
बेष्ट अफ फाइब खेलाईएको उक्त खेलमा पुन क्लबले विजय हात पारेका थिए । उत्कृष्ट खेलाडी भने ताउलेक समाजका सूर्य बहादुर गुरुङ घोषित भएका थिए । कार्यक्रमको अन्तमा छोटो औपचारिक कार्यक्रम पनि गरिएको थियो । संस्थाको अध्यक्ष सुबास राईको अध्यक्षता र प्रमुख अतिथिमा हंगकंगका संघसस्थाहरुको छाता संगठन हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगर रहेका थिए । अन्य अतिथिहरुमा पर्बत मञ्चका अध्यक्ष बिषन गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघका उपाध्यक्ष जजिन चाम्लिङ, किरात राई यायोक्खाका सचिव पिताम्बर राई, तमु ट्यो ह्युलका उपाध्यक्ष रिता गुरुङ, सल्हाकारहरु किन्दर राई, बसन्त कुमारी राई, सिके गुरुङ, शशिमदन राई, रेफ्रीहरु जय नारायण चौधरी, लालकाजि राना, प्रकाश गुरुङ, बिष्णु गुरुङ, नबिन राई रहेका थिए ।
उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र नगद सल्हाकार बसन्त कुमारी राईले हस्तान्तरण गरेका थिए भने र उपविजेता टिमलाई समाजका अध्यक्ष सुबास राईले र विजेता टिमलाई प्रमुख अतिथिले नगद, ट्रफि र प्रमाणपत्र क्रमशः ४४४४ र ६६६६ हंगकंग डलर प्रदान गरिएको थियो । ट्रफिहरु महासंघले प्रायोजन गरिदिएको थियो । खेल बिभाग प्रमुख तथा समाजका उपाध्यक्ष अधिराज राई “प्रकाश’ ले स्वागत मन्तब्य दिएका थिएभने सचिव मोहन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको अफिसियल मिडिया मूलबाटो डटकम र सपोर्टेड मिडियामा नेप्सटाइम डटकम र जेपीटीएचके डटकम रहेका थिए । समाजका अध्यक्ष सुबास राईले यो खेल बर्षेनी गरिने पनि जानकारी गराएकाछन् ।
-अनिज हंगकंग, click here to view the rest of the album