लण्डन । अमेरिकाको मिसिगान राज्यस्थित एउटा निर्माणाधीन शिखहरुका गुरुद्वारामाथि मुस्लिम धर्मलाई आँच पुग्ने खालका भित्तेलेखन (ग्राफिटी) कोरिएकाले तोडफोड् गरेर गुरुद्वाराको ढाँचा बिगारिदिएको समाचार प्रकाशमा आएको छ । गुरुद्वारा ब्यवस्थापन समितिले यो घट्ना ५ फेब्रुवरी २०१२को दिनमा मिसिगान नगरको स्टर्लिङ हाइटस्थित निर्माणाधीन गुरुद्वारामा घटेको समाचार भनेको छ ।
सेप्टेम्बर एघारको आक्रमण अश्लील् शब्दहरुमा सम्प्रेषण गरेको साथै जातीय नकारात्मक विवरण, एउटा क्रस चिन्ह र एउटा ठूलो आकारको बन्दुकको चित्र त्यस गुरुद्वाराका भित्ताहरुमा कोरिएका थिए । यस कुरालाई उद्धृत गर्दै शिख अमेरिकन लिगल डिफेन्स एण्ड एजुकेशनले संघीय राज्यका अधिकारीहरुलाई यस घटनाबारे तुरुन्त छानबिन गरेर कारवाही गर्नलाई तर्क अघि सारेको छ । मिसिगान च्याप्टरअन्तर्गतका काउन्सिल अन अमेरिकन इस्लामिक रिलेशन् र अमेरिकी यहुदी समितिले यस घट्नालाई भर्त्सर्ना गरेका छन् । मुस्लिम काउन्सिलका कार्यकारी निर्देशक दाउद वालिदले … शिखहरुका स्टर्लिङ हाइटस्थित पूजा अनुष्ठान माथिको टोड्फोड्का घटनालाई हामी खेद् प्रकट गर्छौं र जुन आततायीहरुले यस्ता घृणित काम गरे, उनीहरुलाई स्थानीय संघीय कानूनको कठघरामा उभ्याउन ठूलो शक्ति प्रयोग गरेर भए पनि ल्याउनुपर्छ .. भन्ने कुरा व्यक्त गरेका छन् । त्यस्तै यसै घटनाको सन्दर्भमा यहुदी समुदायका कारी अल्टरमानले .. हाम्रो सम्प्रदायमा कसैको धार्मिक अनुष्ठानमाथि आक्रमण गर्ने कार्यलाई घृणित कार्य मान्दछौं र हामी शिख समुदायलाई लक्षित गरेकोमा दुःखी छौं … भनेका छन् । श्रोत – टाइम्स अफ इण्डिया, सुमल, मेस ।
प्रतिक्रिया