लण्डन । वैज्ञानिकहरुले हालै अनुसन्धान गरेर बुबाबाट छोरामा मुटूको बिमारी वंंशानुगत “वाई” क्रोमोजोमको माध्यमबाट सर्ने तथ्य पत्ता लगाएका छन् । तीन हजार मानिसहरुका डीएनए अध्ययनबाट यौन क्रोमोजोमका एउटा भिन्नै अंशबाट पचास प्रतिशतसम्म मुटुको रोग लाग्ने तथ्य प्रकाशमा आएको छ । पाँच जना बेलायतीमध्ये एक जनाले वाई शुक्रकिट्को यो अंश बुबाबाट प्राप्त गरेका हुन्छन् । विज्ञहरुलाई औसत हिसाबमा महिलाहरु भन्दा पुरुषहरुमा बढी मुटुरोग लाग्ने कुरा पहिले नै थाहा भइसकेको हो त्यसकारण ४० वर्ष नाघेपछि २ जना पुरुषमध्ये एक जना पुरुषलाई हृदयरोग लाग्ने खतरा रहन्छ भने तीन जना महिलामध्ये एक जनालाई हृदयरोग लाग्ने खतरा रहन्छ ।
जीवन जिउने शैलीहरुका कारण जस्तै चुरोट सेवन गर्ने अथवा उच्च रक्तचापका कारण हृदयरोग छिट्टै लाग्न सक्दछ । यो अहिलेको नवीनतम् अनुसन्धानबाट प्राप्त नतिजा कोरोनरी हृदयरोग लाग्नेहरुका लागि वाई क्रोमोजोम विशेष प्रमुख कारक बनेको कुरा खुल्न आएको छ । बेलायतमा वर्षेनी यस बिमारबाट हजारौं मानिसहरु मर्ने गर्छन् । यो रोग बढी पुरुषहरुलाई लाग्ने गर्दछ । लिस्टर यूनिभर्सिटीका डाक्टर मर्सिज नमस्जेविस्की र उनका समूहले ३२३३ जना बेलायतीहरु, एकै वंशबाट आएकाहरुलाई हृदयरोगसम्बन्धी अनुन्सन्धान गरेका थिए । उनीहरुले वंशानुगत् परिक्षण गरेपछि त्यसमा ९० प्रतिशत पुरुषहरुमा एउटा अथवा दुइटा एकैखाले वाई क्रोमोजोमहरु फेला पारेका थिए । ती दुईखाले वाई क्रोमोजोमहरुलाई हेप्लो ग्रुप एक र हेप्लोग्रुप आर एक बी एक बी दुई वर्गीकरण गरेर दुइटा समूहमा परिक्षणका लागि राखेका थिए । यसलाई परिक्षण गरेर हेरेपछि हेप्लो ग्रुप एक समूहका मानिसहरुलाई अर्को समूहभन्दा ५० प्रतिशत बढीलाई हृदयरोग लागेको तथ्य फेला पारेका थिए । अब वैज्ञानिकहरुले वाई क्रोमोजोमको कुनचाँहि जिन्स -वंशानुका कारक)का कारण मुटुरोग बुबाबाट छोरामा सर्दछ भन्ने बारे खुट्याउँदै छन् । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया