क्लिन्टनको अवैध सम्वन्धको डकुमेन्ट्री

क्लिन्टनको अवैध सम्वन्धको डकुमेन्ट्री


लण्डन । सन् सत्तरीको दशकताका आफ्नो गृहराज्य आर्कन्सासका गभर्नरको प्रत्याशी हुने बेलामा महिलाहरुमाझ पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन एकदमै लोकप्रिय थिए । उनी संयुक्त राष्ट्र अमेरिकाका राष्ट्रपति बन्नुअघि उनलाई धेरै महिलाहरुले पछ्याउने कुरा टिभी प्रसारणका लागि निर्माण गरिएको डकुमेन्ट्रीमार्फत उद्धृत गरेका छन् । उनी व्हाइट हाउसमा जानु अघिसम्म एकैदिनमा २५ जनासम्म महिलाहरुले उनलाई पछ्याउँदै वरिपरि घेर्ने कुरा उनका वरिष्ठ सहयोगीहरुले भनेका छन् । उनीहरुका अनुसार बिल क्लिन्टनलाई देख्ने बित्तिकै महिलाहरु मोहित भएर जसरी महको पछि महुरी(मौरी)हरु झुम्मिन्छन् त्यसरी नै महिलाहरु उनका पछि झुम्मिन्थे भनेर प्रकाश पारेका छन् । जब उनी राष्ट्रपति बन्न पुगे आफूप्रति महिलाहरु आकर्षण हुने कुरालाई बाध्य भएर आफूले पनि यसलाई नियन्त्रण गर्ने प्रयास गरको कुरालाई स्वयम् उनले स्वीकार गरेका छन् । अमेरिकाबाट प्रकाशित हुने डेलीमलमा सन् १९९८ सालमा मोनिका लिविन्स्कीसँग मुछिएका मुद्धामा पूर्व राष्ट्रपति क्लिन्टनले ढाँटेको कुरा उनका सहयोगीहरुले अब प्रदर्शन हुन गइरहेको पीबीएस डकुमेन्ट्री (बृत्तचित्र) मा उजागर गरेका छन् । पहिलेदेखि नै व्हाइट हाउस जानु अघिसम्म उनका यौन आकर्षण र यौन चाहनाका कारण समस्या सिर्जना भइरहेको कुरा उनका निकट्तम सहयोगीहरुले उद्धृत गरेका छन् । गृहराज्य आर्कन्सासमा सन् १९७४ सालको कांग्रेसका लागि प्रत्याशी बन्दा असफल भएको कारण पनि उनका महिलाहरुप्रतिको आकर्षणले गर्दा भएको हो भनेर उनका राजनीतिक मित्रहरुले भनेका छन् । उनका विशेष राजनीतिक अभियानका व्यवस्थापक पाल फ्रेले … कुनैबेला प्रत्येक दिन उनलाई खोज्न २५ जनासम्म महिलाहरु आउथे त्यतिबेला मैले ढाँटेर उनी यहाँ छैनन् बाटोतिर गएका छन् भन्थे.. त्यतिबेला मलाई एकदमै नराम्रो लाग्थ्यो… भनेका छन् । मारिया क्राइडर नामकी महिला आर्कन्सासमा क्लिन्टनसँग काम गर्ने बखत ती दुईबीच सम्बन्ध स्थापित भएको कुरा स्वीकार्दै उनले… क्लिन्टनले महिलाहरुलाई मोहनी नै लगाउँथे .. मौरी महमा झुमेजस्तै उनलाई देखेपछि महिलाहरु आशक्त हुन्थे… यसमा म होस वा हिलारी क्लिन्टन कसले के गर्न सक्छन् र ? उनको यो मोहनीमा कसैलाई आहात हुने कुरा नै छैन … भनेकी छिन् । यस डकुमेन्ट्रीका लागि क्लिन्टनका विभिन्न पूर्व कर्मचारीहरु, सहयोगीहरु र राजनीतिक मित्रहरुसँग अन्तरवार्ता लिएर सो आधारमा डकुमेन्ट्री तयार पारिएको छ । यसमध्ये कुनै समयमा बिल क्लिन्टनका अति विश्वासी राजनीतिक सहयोगी बेट्सी राइट्ससँग पनि अन्तरवार्ता लिएका छन् । तिनले क्लिन्टन राष्ट्रपतिका लागि प्रत्याशी भएको बेलामा सन् १९८७ सालमा क्लिन्टनको अभियान बिथोल्ने क्रममा तिनले क्लिन्टनका पूर्व गर्लफ्रेण्डहरुका सूची सार्वजनिक गरेर अप्ठ्यारो पार्ने कोशिस गरेकी थिईन् । तर, पनि १९९२ सालमा संयुक्त राष्ट्र अमेरिकाका ४२औं राष्ट्रपति बन्न सफल भए । राष्ट्रपति बनेपश्चात व्हाइट हाउसमा गएपछि पनि महिलाको मामलामा उनले आफूलाई नियन्त्रण गर्न साह्रै गाह्रो भएको थियो । जब उनी मोनिका लिविन्स्कीसित भेट भए उनको स्वनियन्त्रण वाफ बनेर उनी रुझिएका थिए । अतः उनी नियन्त्रणबाहिर गएका थिए । जब यो कुरा आम अमेरिकी जनतामाझ पुग्यो उनले आफू पन्छिनुका लागि झुटो कुरा बोलेका थिए र उनका सहयोगी हरुलाई दुःखी बनाएका थिए भनेर राइटले अहिले खुलासा पारेकी छिन् । यो डकुमेन्ट्री चार घण्टा लामो छ जसमा एकघण्टा जति मोनिक लिविन्स्कीको सेरोफेरो समेटिएको छ । श्रोत – नेट, सुमल, मेस ।