लण्डन । गत १२ तारिख फेब्रुवरीका दिन नर्थ होल्ट लैजर सेन्टरमा आईएनटीए यूकेले छोटो समयमा पहिलो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, एनआरएनए यूकेका अध्यक्ष कूल आचार्य, तमूधिं यूकेका अध्यक्ष मुक्षेन्द्र गुरुङ, नर्थ होल्टका काउन्सिलर, योङ्ग इन यूनिभर्सिटि कोरियन टिम, आईएनटीए टिम, नेपाल टिम र लण्डन ओपन तेक्वान्दो च्याम्पिएनशिपका विजेता टिमलगायत यूकेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आईएनटीए टिम, योङ्ग इन यूनिभर्सिटि कोरियन टिम, र नेपाल टिमबाट विविध डेमोन्स्ट्रेशनहरुको प्रदर्शनी गरिएका थिए । आईएनटीएका अध्यक्ष एनजे गुरुङले सो कार्यक्रममा आएका व्यक्तित्वहरुलाई स्वागत गर्दै अतिथिहरुलाई खादा पहिर्याइदिएका थिए । आईएनटीएको अध्यक्षले तेक्वान्दोसम्वन्धी र संस्थाको केही योजनाहरुको बारेमा सानो मन्तव्य दिएका थिए । -चन्द्र सुनार, मेस, तस्वीरसहित
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया