प्राचीन ओलिम्पिक म्युजियममा डाँका

प्राचीन ओलिम्पिक म्युजियममा डाँका


लण्डन । ग्रीक अधिकारीहरुले ओलिम्पिक खेलको जन्मस्थान ओलिम्पियामा हतियारधारी डाँकूहरुले प्राचीन म्युजियमभित्र राखेका दर्जनौ प्राचीन कालका दुर्लभ बस्तुहरु डकैती गरी लगेको कुरा प्रकाशमा पारेका छन् । दुईजना नकाधारी डाँकूहरुले एक जना महिला सुरक्षाकर्मीलाई आक्रमण गरि सीसाभित्र राखेका वस्तुहरु सीसा फोडेर भागेको कुरा जनाएका छन् । स्थानीय मेयर थाइमिओस कोजियाजले बहुमूल्य चोरेर लगेका वस्तुहरु जसका मूल्य आँक्न नसकिने कुरा बताएका छन् तर त्यसबारे पूरा विवरण भने दिएका छैनन् । संस्कृति मन्त्री पाबलोस गरालानोसले आफ्नो राजीनामा तत्काल दिएका छन् । तर, उनको राजीनामा अझसम्म सरकारले स्वीकार गरेको छैन । उनी अहिले डकैती भएको स्थलतर्फ प्रस्थान गरेका छन् । चोरहरुले ६० वटाभन्दा बढी वस्तुहरु चोरेका छन् । कोजियाजका अनुसार दुई जना मध्येमा एक जनाका हातमा बन्दुक रहेको कुरा समाचारदाताहरलाई बताएका छन् । स्थानीय समयअनुसार बिहान सात बजे सुरक्षाकर्मीहरु बदली हुने समयमा एक जना गार्डलाई निहत्था पारेर काबूमा पारेपछि डकैती गरेका थिए । सम्भवतः उनीहरुले म्युजियमभित्रको अलार्म सिस्टम डकैती गर्नुअघि निस्तेज पारेर डकैती गरे होलान् भन्ने अड्कल गरेका छन् । स्थानीय उत्खनन् विभागका सुपरभाइजरका रिपोर्टबाट मात्र कति मूल्यका समानहरु चोरी भएको छ भन्ने कुरा थाहा लाग्ने कुरा मेयरले बताएका छन् । यस शहरमा दुइटा म्युजियमहरु छन् । ती दुई प्राचीन ओलिम्पियाका मन्दिर र ओलिम्पियाका उत्खनन् म्युजियमहरु संसारमा त्यति प्रकाशमा परेका छैनन् । श्रोत -बीबीसी, सुमल, मेस ।